टिकटक बनाउने क्रममा गम्भीर घा#इते भएका युवकको मृ#त्यु
दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
उनको उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । शनिबार बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक बबई नदिमा रहेको झोलुङ्गे पुलबाट टिक-टक बनाउने क्रममा उनि खसेका थिए ।