Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ३. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

कान्छी श्रीमती भएर भित्रिएका नेपाली यी ८ नायिका

धर्म शास्त्रका अनुसार बिहे गरेर बाँधिएकाे जाेडि कहिल्यै छुट्न हुदैन भनिन्छ, तर कुमारी वा कुमार नै हुनुपर्छ भन्ने मान्यता अहिलेकाे समाजमा हराइसकेकाे छ । दोस्रो विवाह गर्नु अहिलेकाे समयमा खासै ठूलाे असर पुराउछ जस्ताे देखिएकाे छैन् ।

धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिएका छन् । पहिल्यै विवाह गरिसकेका पुरुष रुचाएर विवाह गर्ने ८ नेपाली अभिनेत्रीबारे यस्ताे छ, जान्नुहाेस्ः

-संचिता लुइँटेलः

अभिनेत्री संचिता लुइँटेल र अभिनेता निखिल उप्रेती सन् २००९ मा भागेर मुम्बई पुगेपछि मात्र यी दुइले विवाह गरेको खुलेको थियो । संचिताको पहिलो विवाह छोटो समयमा नै टुटेको थियो भने निखिल जेठी श्रीमती कोपिलासँगै बस्दथे । यी दुइले विवाह गर्दा निखिलको घरमा नाबालक छोरा पनि थिए । अहिले निखिल दुबै श्रीमतीसँग मिलेर बस्ने प्रयासमा छन् ।

-सुस्मिता केसी:

अभिनेता अनमोल केसीकी आमा सुस्मिताले विवाह गर्दा अभिनेता भुवन केसीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । भूवन र सुस्मिताको विवाह पनि लामो समयसम्म टिक्न सकेन । सुस्मिताले अब विवाह गरेर ‘जात्रा नदेखाउने’ भन्दै दोस्रो विवाह नगर्ने बताएकी छिन् भने भुवन केसी विभिन्न महिलासँगको सम्बन्धका कारण अहिले पनि चर्चामा रहिरहन्छन् ।

-मिथिला शर्माः

मिथिला शर्मा कुशल नेपाली चर्चित अभिनेत्री हुनुका साथसाथै कुशल नृत्याङ्गना पनि हुन् । सहज र जीवन्त अभिनय गर्ने मिथिला शर्माले पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहरासँग विवाह गरेकी थिइन् । बोहोराकी मिथिला दोस्रो श्रीमती हुन् । नेपाल पुलिस क्लबमा नृत्य प्रस्तुत गर्दागर्दै मिथिला र मोतीलालले एक अर्कालाई मन पराउन थालेका थिए । मिथिलाले ५० वर्ष कटेपछि सन् २०१४ मा ७४ वर्षीय मोतीलालसँग विवाह गरेकी हुन् ।

-रेखा थापाः

नेपालकै सर्वाधिक पछिल्लाे समयसम्म चल्ने यी चर्चित नायिका हुन् रेखा थापा । उनी किशोरावस्थामा नै निर्माता निर्देशक छविराज ओझाकी तेस्री श्रीमती भएर भित्रिएकी थिइन् । करिब १ दशक श्रीमान् श्रीमतीको रुपमा रहेको यो जोडीको सन् २०१२ मा सम्बन्धविच्छेद भइसकेको छ । रेखाले दोस्रो विवाह गर्ने र छविले चौथो विवाह गर्ने हल्ला बेलाबेलामा चल्ने भएपनि उनीहरुले अहिलेसम्म विवाह भने गरेका छैनन् ।

-सिम्पल खनालः

अभिनेत्री सिम्पल खनाल पछिल्लो समयमा दोस्री श्रीमती भएर विवाह गर्ने नेपाली अभिनेत्रीको सूचीमा परेकी छिन् । उनले बेलायत बसोबास गर्ने एक पाकिस्तानी नागरिकसँग विवाह गरेकी थिइन् । सिम्पल र उनको श्रीमानको यो दोस्रो विवाह हो ।

-पूजा चन्दः

अभिनेत्री पूजा चन्दको पहिलो विवाह सफल हुन सकेन । उनी अमेरिकामा बस्दै गर्दा एन्जल्स ब्यान्डका गायक राजु लामासँग प्रेम सम्बन्धमा परिन् र उतै विवाह पनि गरिन् । राजु लामा र पूजा चन्दका पहिलो विवाहबाट हुर्किसकेका सन्तानहरु छन् । पूजा चन्दले आफ्नो फेसबुकमा आफ्नो नाम पूजा आर. लामा भनेर राखेकी छिन् ।

-सौजन्य सुब्बाः

अभिनेत्री सौजन्य सुब्बाले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन चन्दसँग दोस्रो विवाह गरेकी हुन् । सौजन्य र भूपेनले विवाहपूर्व नै आ–आफ्नो डिभोर्स गरिसकेका थिए ।

-शर्मिला मल्लः

एक मात्र नेपाली अभिनेत्री हुन् शर्मिला मल्ल । उनी आफ्नो श्रीमानकाे चौथी श्रीमती हुन् । अभिनेता कृष्ण मल्लले शर्मिलाभन्दा अघि तीनजना महिलासँग विवाह गरिसकेको भएपनि त्यसपछि शर्मिलासँग नै जीवन बिताए । अहिले उनीहरुको दाम्पत्य जीवन ३० औं वर्षको चलिरहेको छ । शर्मिलाका अनुसार कृष्णले तीनजना महिलासँग विवाह गरेको कुरा उनीहरुको छोरा जन्मिसकेपछि मात्र भनेका थिए ।

शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ३.

  • ४.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ५.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.