भरतपुर। चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदी आज भागेका छन् । कालिका नगरपालिका बस्ने ४५ वर्षका रेशमलाल श्रेष्ठ भागेको कारागार प्रमुख कमल काफ्लेले जानकारी दिनुभयो ।
उनी कारागारको पर्खाल नाघेर भागेको उहाँको भनाई छ । जबर्जस्ती करणी मुद्धामा २०७७ साउन ४ गते बाट कैद भुक्तान गरिरहेका श्रेष्ठको खोजी कार्य भइरहेको छ ।
बिहीबार साँझ कारागारको चौर बाट भित्र पस्ने क्रममा संख्यामा कमि आएपछि उनी भागेको थाह भएको थियो।