कसरा : चितवन राष्ट्रिय निकुञ्ज मा व्यवसायिक जङ्गल ड्राईभ(सफारी)र जङ्गल वाक लगाएतका पर्यटकीय गतिबिधी हरु बन्द गरिएको छ।
बर्षायाममा यस निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रने,जङ्गलमा भएका स-साना खोला खोल्सामा बाढी आउने,रूख लडेर बाटो अवरुद्ध हुन सक्ने कारणले गतिबिधी मा रोक लगाईएको निकुञ्ज का सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए।
बर्षाको मौषम लाई मध्यनजर गर्दै आगामी २०७९ असार १ गते बाट अर्को सूचना प्रकाशन प्रकाशन नहुन्जेल सम्म जीप सफारी र जङ्गल वाक बन्द गरिएको हो।
जिप सफारीबाट निकुञ्जले हरेक वर्ष करोडौँ रकम आम्दानी गर्दै आएको छ । गत बैशाख सम्म निकुञ्ज ले पर्यटन बाट आठ करोड १७ लाख आम्दानी गरेकोछ ।