चितवन : चितवनको भरतपुर महानगरपालिका १६ का २५ वर्षीय दिवस चापागाई पाँच दिनदेखि सम्पर्कबिहिन भएका छन् ।
आइतबार विहान ११ बजे घरबाट निस्किएका उनी त्यसयता परिवारको सम्पर्कमा छैनन् । उनलाई अन्तिम पटक भरतपुरको ज्ञानेश्वर सामुदायीक वन क्षेत्रमा देखिएको स्थानीयबाट खबर पाएको परिवारले जानकारी दिएको छ ।
उनले चितवन शिक्षा सदन इङलिस स्कूलमा अध्यापन गराउँदै आएका थिए ।
सम्पर्कबिहिन दिवस खोजी गरिदिन आग्रह गर्दै आफन्तले प्रहरीमा समेत निवेदन दिएका छन् । दिवसलाई भेट्नुहुने वा देख्नुहुनेले ९८४५३७२३६५,९८५५०५१५१८,९८४५५९६१७२ नम्वरमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।