चितवन : समाचार संकलनका लागि गएका पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति प्रेस चौतारी नेपाल चितवन शाखाले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएको छ।
जिल्ला अध्यक्ष सुवास पण्डितद्वारा जारी गरिएको विपप्तिमा आमनागरिकले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारलाई वञ्चिच गर्दै पत्रकारलाई समाचार संकलनमा समेत रोक लगाएर प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको जनाएको हो।
पत्रकारमाथि दुर्व्यवहार गर्ने नेपाली कांग्रेस भरतपुर ७ का सभापति विनोद ढकालको समूहलाई तत्काल कारवाही गर्न पनि चौतारीले जोडदार माग गरेको छ।
‘पत्रकारका क्यामेरा तोडफोड गर्छु भन्ने अभिव्यक्ति दिने र पत्रकारमाथि दुर्व्यवहार गर्नेमाथि कडाभन्दा कडा कारवाही गर्न प्रेस चौतारी नेपाल चितवन शाखा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।