चितवन : चितवनमा बैशाख २७ गते मंगलबारदेखि मादक पदार्थ विक्री वितरणमा निषेध गरिएको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई भयरहित र विश्वसनिय बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार राति १२ बजेदेखि मादक पदार्थ विक्री वितरणमा निषेध गरेको हो ।
मतदान हुने दिनसम्मका लागि मादक पदार्थ विक्री वितरण एवं सेवन गर्न नपाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ अनुसार नै मादक पदार्थ विक्री वितरणमा रोक लगाईएको उनले बताए ।निर्णय विपरित कसैले मादक पदार्थ विक्री वितरण गरेको पाईए कानुन बमोजिम कारबाही हुने समेत उनले चेतावनी दिएका छन् ।