चितवन : चितवनको भरतपुरमा एक युवाको हत्या भएको छ । आज साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियार (कान) को धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।
उनलाई भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो ।
उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परियार गत बर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।