चितवन : नेकपा एमालेले आज चितवनको नारायणगढ स्थित क्याम्पाचौरमा बृहत जनसभाको आयोजना गरेको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर एमालेले जनसभाको आयोजना गरेको हो ।
जनसभामा केही बेरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाका २९ वटै वडाबाट एमाले नेता कार्यकर्ताको सभागिता रहेको छ ।
जनसभामा विभिन्न झाँकी र बाजागाजा सहित हजारौको सहभागिता रहेको छ ।