दाङ : इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना बेपत्ता भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीमा माटो खन्ने क्रममा आइतबार विहान ११ बजेतिर हराएका तुलसीपुर उपमहानगरपालिका–१७ का हरि चौधरी बेपत्ता भएको हो ।
२४ घण्टादेखि डोजरले माटो फालेर चौधरीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।
४० फिट गहिरो रहेको र वरपरबाट माटो खसिरहेकाले पनि निकाल्न समस्या भएको प्रहरीले बताएको छ ।
स्थानीय डिल्लीबहादुर रोकाको घरमा इनार खन्ने क्रममा उनी बेपत्ता भएका जिल्ला प्रहरी दाङले जनाएको छ ।