• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ७. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

पेचिलो बन्दै भरतपुर: एमालेले रणनीति फेर्‍यो, अफ्ठ्यारोमा रेणु दाहाल

काठमाडौं : स्थानीय तह निर्वाचनमा भरतपुर महानगर सबैको चासो र चर्चाको केन्द्र बनेको छ । यसपाली पनि कांग्रेसले नेकपा माओवादी केन्द्रलाई मेयर पद सुम्पिएको छ । एमालेबाट ‘हेवीवेट’ उम्मेदवार छन् ।

भरतपुर महानगर माओवादीलाई सुम्पिएको भन्दै कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहाललाई मेयरमा दोहोर्‍याउने कांग्रेस सभापति शेरबहादुर देउवाको निर्णयले भरतपुर कांग्रेसमा ठूलो असन्तुष्टि जन्माएको छ।

जगन्नाथ पौडेलले मनोनयन दर्ता गराएपछि कांग्रेस सभापति देउवाको टाउको त दुखेको छ नै त्योभन्दा धेरै चिन्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भएको छ।

अहिले पनि कांग्रेसको भोट यताउता हुनेबित्तिकै रेणुको सम्भावना कमजोर नन्ने आंकलन गरिएको छ ।

भरतपुर कांग्रेसमा जनमतसमेत भएका पौडेलले बागी दिएको भोलिपल्ट मंगलबार प्रचण्ड सुटुक्क खुमलटारबाट भरतपुर आएका थिए। अहिले माओवादी केन्द्र र नेपाली कांग्रेसको सबै शक्ति भरतपुरका बागी उम्मेदवारलाई सान्त बनाउनका लागि कर्चिरहेका छन् ।

बुधबार सभापति देउवाले आफ्ना विश्वासपात्र हालका गृहमन्त्री बालकृष्ण खाणलाई चितवन पठाएका थिए । पौडेलको उम्मेद्वारी फिर्ता गराउने उद्देश्यले खाण भरतपुर आएका चर्चा छ ।

सुटुक्क भरतपुर आएर फर्किएका प्रचण्डले काठमाडौ पुगेर बुधबार बिहान बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसालेका थिए । उक्त बैठकले ७ बुँदे कडा निर्देशन जारी गरेको छ।

जसमा एमालेसँग तालमेल गरेका र स्वतन्त्रका नाममा बागी उठेकालाई निर्वाचन आयोगले दिएको अवधिमा पछि हट्न भनिएको छ। यदि उम्मेदवारी फिर्ता नलिने हो भने कडा कारबाही गरिने चेतावनी पनि शेरबहादुर देउवा र प्रचण्डसहितले गरेको हस्ताक्षरसहितको संयुक्त वक्तव्यमा भनिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको शीर्ष नेताको बैठकले बागी उम्मेदवार फिर्ता गर्न सम्बन्धित दलले पह गर्ने निर्णय गरेको छ।

‘गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने,’ बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ।

पाँच दलीय गठबन्धनको बैठकले निर्देशन जारी गर्दै गर्दा कांग्रेस सभापतिको देउवाको दूत बनेर पौडेललाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण बुधबार भरतपुर आए।

भरतपुरमा कांग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएका पूर्वसांसद पौडेललाई फकाउन देउवाको सन्देशसहित उनी काठमाडौंबाट आएका हुन्।

उनले आफू सभापतिको सल्लाहअनुसार भरतपुर आएको बताउँदै त्यहाँ असन्तुष्टहरुलाई सम्झाउन उल्लेख गरे।

‘मैले बागीलाई मिलाउन प्याकेज त ल्याएको छैन। तर मन ल्याएर आएको छु’, उनले पत्रकारहरुलाई विमानस्थलमा भने, ‘म उहाँहरूलाई सम्झाउँछु। उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ भन्नेमा ढुक्क छु।’

बागी उठेका पौडेलसँग मंगलबार साँझ कांग्रेस चितवनको टोलीले उनको घरमै पुगेर संवाद गरेको छ। सभापति राजेश्वर खनालसहितको टोलीको उद्धेश्य पनि पौडेललाई फकाएर ब्याक गराउनु थियो।

पौडेललाई फकाउन उनको निवासमा खनालसँगै उपसभापति राजीव न्यौपाने र सचिव सूर्य अर्याल पनि पुगेका थिए। त्यस भेटमा पौडेललाई निर्णयमा पुनर्विचार गर्न पौडेलसहितले आग्रह गरेका थिए।

‘तपाईं जुन बाटो हिँड्दै हुनुहुन्छ, त्यसमा पुनर्विचार गरिदिनु भनेका छौँ,’ खनालले भने, ‘उहाँलाई हामीले हाम्रा कुरा राखेका छौँ। पुनर्विचार गर्नुहुन्छ भन्ने विश्वासमा छौँ।’

उता भरतपुरमा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले पौडेललाई मनोनयन दर्ताको शुभकामना दिएपछि गठबन्धनमा झस्किएको छ। सुवेदीले कसरी मिलेर जान सकिन्छ भन्ने प्रारम्भिक राखेपछि पौडेल उत्साहित भएका थिए।

भरतपुरमा कांग्रेसको असन्तुष्टिमा खेल्ने रणनीति बनाइरहेको एमालेका चुनावी रणनीति बनाइरहेको छ । गठबन्धनमा देखिएको गडबडीले यसपालि एमालेलाई फाइदा पुग्ने हुनाले एमालेले त्यही अनुसार पौडेललाई पनि फकाएर कायमै राखिरहने रणनीति बनाइरहेको छ।

भरतपुर महानगर प्रमुख माओवादीलाई दिएर उपप्रमुख कांग्रेसले राखेको छ। त्यहाँ उपप्रमुखसहित २९ वडा मध्ये कांग्रेसले २० वटा वडा लिएको छ। कांग्रेसलाई दोस्रो पटक पनि मेयर नदिएपछि कांग्रेस कार्यकर्ता रुष्ट हुँदा गठबन्धनको चिन्ता बढेको छ।

गठबन्धनमा विवाद बढिरहँदा चितवनमा एमाले-राप्रपा तालमेल अर्को चुनौती बनेको छ। दुई पार्टीको तालमेल अघि बढाउन बुधबार मात्रै नगरपालिकामा एमालेको तर्फबाट रेशमलाल आचार्यले उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल गर्ने सहमतिअनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन्। भरतपुरमा पनि एमाले-राप्रपा तालमेल छ। वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको गृहजिल्ला चितवनमा राप्रपासँग एमाले मिलिदिँदा गठबन्धनलाई चुनौती थपिएको हो।

दुई दलको तालमेल अनुसार एमालेबाट माडीमा मेयरको उम्मेदवार ताराकाजी महतो छिन्। उपमेयरमा राप्रपाका मदन पौडेलको उम्मेदवारी कायम भएको छ।

राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्रसमेत रहेको भरतपुर महानगरपालिकामा पनि पाँच दलीय गठबन्धनविरुद्ध एमाले र राप्रपा एकसाथ उभिएका छन्। यसले एमालेका उम्मेदवार विजय सुवेदीलाई हौस्याएको छ।

२०७४ को निर्वाचनमा राप्रपाले भरतपुरमा ६ हजार मत ल्याएको थियो। एमालेसँगको तालमेलपछि उपमेयरमा राप्रपाबाट जिल्ला उपाध्यक्ष हिमला गुरुङले उम्मेदवारी दिएकी छन्।

  • पेचिलो बन्दै भरतपुर
शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.