काठमाडौं : काठमाडौंको नागढुंगामा एक महिना अघि एक गर्भवती महिलालाई बलात्कार गरेको आरोप लागेका व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतीपुर स्थायी घर भई नागढुंगा बस्दै आएका ३५ वर्षीय सागर शाहीलाई पक्राउ गरेको हो ।
शाहीले गत चैत ८ गते एक गर्भवती महिलालाई आफ्नै कोठामा बलात्कार गरेको उनीमाथि आरोप छ।