चितवन : काठमाडौँमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महानगरपालिका–१९ कङ्केश्वरीमा विहिवार राति १२ः५० बजे बा ७ च ८२०८ नम्बर दुर्घटना हुँदा मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन मिलनरोड घर भएका ३६ वर्षका अङ्कित पण्डित शर्मा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका शर्माको ट्रमा सेन्टरमा उपचारका क्रममा राति सवा १ बजे मृत्यु भएको हो।