• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. यस्तो छ आजको मौसम

नेपालको अर्थतन्त्रमा संकट छैन, गलत प्रचार भयो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो संकटको अवस्थामा नरहेको दाबी गर्नुभएको छ ।

उहाँले जनता र व्यवसायीलाई हतोत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी नगर्न आग्रह समेत गर्नुभयो ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले भन्नुभयो, ‘अर्थतन्त्रमा संकट आएको भन्ने गलत हो । देशमा के–के न हुन लाग्यो भन्ने ढङ्गले प्रचार भइरहेको छ ।

तर अर्थतन्त्रलाई आफ्नै नियमित गतिमा चल्न दिनुपर्छ । अर्थव्यवस्थाको राजनीतिकरण गरेर देशलाई फाइदा हुँदैन ।’

उहाँले अर्थतन्त्रका विभिन्न आँकडाहरू प्रस्तुत गर्दै आफूहरू सतर्क रहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले आयात बढेर देशको अर्थतन्त्रमा दवाव सिर्जना भएको कुरा भने स्वीकार गर्नुभयो ।

उहाँले ‘वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढेर अर्थतन्त्रमा दवाव सिर्जना भएको स्वीकार्नुभयो । आयात र निर्यात अघिल्लो आवको तुलनामा ३३.९ प्रतिशत र ७२.८ प्रतिशत बढेको छ ।’

विश्वबजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले व्यापार घाटामा चाप पैदा गरेको उहाँको विश्लेषण थियो ।

उहाँले विदेशी मुद्रा सञ्चिती ६ महिनालाई पुग्ने रहेको जानकारी दिनुभयो ।

मुलुकको अर्थतन्त्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले रुस युक्रेन युद्धका कारण मूल्यवृद्धि नियन्त्रण गर्ने चुनौती बढेको स्वीकार गर्नुभएको थियो ।

शर्माले विदेशी विनिमय सन्चितिलाई बढावा दिनेगरी नीतिगत कदम चालिएको जानकारी दिनुभयो ।

अर्थ मन्त्री शर्माले दिएको जानकारी अनुसार वस्तु आयातमा भएको उच्च बृद्धिका कारण व्यापार घाटा अत्यधिक भएको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा अहिले ४ प्रतिशतमा सीमित हुने अवस्था रहेको बताउनुभयो ।

उहाँले राजश्व परिचालन भने अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको स्पष्ट पार्नुभयो । शर्माले मुद्रा स्फितीदर ५ दशमलव ४ प्रतिशत रहेको बताउनुभएको थियो ।

  • अर्थतन्त्र
  • अर्थमन्त्री
  • गलत प्रचार
  • नेपाल
  • संकट छैन
मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.

  • ६.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ७.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.