ललितपुर : ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ । केही दिन देखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका– १० स्थित लेलेको जंगलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
उनको ज्यान लिएको आशंकामा प्रहरीले एक जना आफन्तलाइ प’क्राउ गरेको छ । तीन दिनअघि ह’राएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो ।
सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको श’व फे’ला परेको कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उनको श’व फेला परेको र श’व परीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ ।
ललितपुरका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते हराएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको श’व फेला परेको थियो ।
राति घ,टनास्थल सुरक्षित राखेर फर्किएको टोलीले बिहान गएर श’व उठाएको थियो । आफन्तले उनकै श’व भएको पुष्टि गरेको छ । अनुसन्धानका क्रममा उनका एकजना नातेदार भतिजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक तामाङले जानकारी दिनुभयो ।
भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको ज्यान लिएको आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले प’क्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अ’वैध स’म्बन्ध रहेको खुलेको छ । निर्मल र गीताबीच आर्थिक लेनदेनसमेत रहेको पाइएको छ ।
श्रीमान्सँग स’म्बन्ध राम्रो नभएपछि गीता र निर्मलबीच हि’मचिम बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ । केसी परिवारले गीता ह’राएको भन्दै गत बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा उ’जुरी दिएपछि प्रहरीले खोजीका क्रममा उनको ‘श’व शुक्रबार साँझ गोदावरी नगरपालिका–१० लेलेको जंगलमा फे’ला पारेको थियो ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गीताको ज्या’न लिनुको का’रण ले’नदेनको विषयपछि उब्जिएको विवाद हुन सक्ने देखिएको छ । सो क्रममा वि’वाद उब्जिएपछि घाँटी थि चेर गीताको गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतक केसीको श्रीमानले र’क्सी खा’एर सधैं गीतासँग झ”गडा’ गर्ने गरेको प्रहरीले बताएका छन् । सो कुरा निर्मलले राम्रोसँग नियालिरहेका हुन्थे । श्रीमानबाट अ’पहे’लित भएपछि गीतालाई निर्मलले हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मृतक केसीले निर्मललाई पैसा पनि राख्न दिएकी थिइन् । ‘राख्न दिएको पैसा मागेपछि गरेको हुनसक्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘आर्थिक मामिलाको विषयलाई लिएर नै केसीको ज्या’न ग’एको हो । आरोपीले समेत घटना स्वीकारेका छन् ।’
निर्मलले नै मृतक केसीलाई अस्पताल लगिदिने र ल्याइदिने गर्थे । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोही दिनपछि मृ’तक केसीले श्रीमानलाई ढाँटेर अस्पताल जानुपर्ने भयो भन्दै घरबाट निस्केकी थिइन् ।
निर्मलले अस्पताल नगई घुम्न जाउँ भनेपछि उनीहरु लेलेको जंगल गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जंगल पुगेपछि केही समय उनीहरु एकान्तमा गएर बसेको खुलेको छ ।
मृतकको श्रीमान घरमा नभएको बेला निर्मल जाने आउने समेत गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । सहयोग गर्ने बहानामा मृ’तक केसी र निर्मलबीच नजिकको सम्बन्ध रहेको खुलेको छ, ।
निर्मल र गीता विगत ३ वर्षदेखि अ’फेयरमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपी निर्मलले गीतासँग अ’फेयरमा रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।