काठमाडौं : प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनावमा गठवन्धन गरेर जाने कुरामा काँग्रेस प्रष्ट रहेको बताउनुभएको छ ।उहांले केन्द्रीय समितिको बैठकमा यस्तो धारणा राख्नुभएको हो ।
विगतमा गठबन्धन नहुँदा आफैंले समेत बल्ल बल्ल जितेको स्मरण गर्दै उहांले त्यसैले पनि सत्तारुढ दलहरुका बीचमा गठवन्धन आवश्यक रहेको बताउनुभयो । ‘मेरो आइडियोलोजीमा शंका नगर्नुस्’, उहांले भने, ‘म धेरै लडेको मान्छे हुँ ।
म अब पार्टी सभापति हुने होइन । तपाईंहरु जो–जो हुने हो हुनुहोस । मलाई पनि माओवादीले गोली हानेका हुन्, पुराना कुरा बिर्सौ ।’ देउवाले आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताउनुभयो । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार ! गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबैले जित्छौं भन्या । ए बाबा ! पहिला धेरै साथीहरु हारेका होइनन् र ? मलाई पनि माओवादीले गोली हानेकै हुन् नि ! पुराना कुरा सम्झेर हुन्छ र ? त्यसकारण गठबन्धन गरेर जाऔं ।’