काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा माओवादीको जातीय संगठन शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव नाम्गेल शेर्पा मंगलवार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
उहाँसँगै अभिनेत्री करिश्मा मानन्धर, पूर्व खानेपानी मन्त्री तथा समाजवादी जनता पार्टी प्रेमबहादुर सिंह आफ्ना सबै नेता कार्यकर्ता सहित र माओवादी केन्द्रका नेता बाबुराम कौशिक एमालेमा आउनुभएको हो ।
विद्यार्थी राजनीति नेकपा एमालेबाटै गर्नुभएका रामेछापका शेर्पा सरस्वती क्याम्पसको स्ववियु सचिवसम्म भइसक्नुभएका नेता हो ।
उहाँ एमाले विभाजनपछि नेकपा माले हुँदा माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा जानुभयो । आज उहाँ आफ्नै घर फर्किनुभएको छ ।
नाम्गेल माओवादीको केन्द्रीय कमिटी सदस्य भइसक्नुभएको छ । उहाँ शेर्पा संघको पूर्व महासचिव पनि हुनुहुन्छ । शेर्पासँगै कांग्रेसका नेता गोविन्द लामा पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
मंगलबार काठमाडौको एक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई एमालेमा प्रवेश गराउनुभयो ।
सोही कार्यक्रममा एमालेमा प्रवेश बाबुराम कौशिक माओवादीका पर्सा जिल्ला इन्चार्ज हुनुहन्थ्यो । यसैगरी वाइसिएल संयोजक चन्दन रौनियार लगायतका नेताहरू पनि एमालेमा प्रवेश गर्नुभएको छ ।