• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. यस्तो छ आजको मौसम

रक्षक नै भक्षक : सशस्त्र प्रहरीद्धारा नै लागूऔषध कारोबार


काठमाडौं : सीमा क्षेत्रमा भन्सार छली, चोरी, तस्करी र अपराध नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई छ । तर, सीमामा खटिने यही निकायका एक जना अधिकारीले बर्दीमै लागूऔषध कारोबार गर्ने गरेको पाइएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलको २ नं. हेडक्वार्टर झापामा कार्यरत् सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलले लागूऔषध कारोबार गर्ने गरेको देखिएको हो ।

 

ब्यूरोका प्रमुख एसएसपी हृदय थापाका अनुसार हवल्दार भुजेल लामो समयदेखि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) काँकडभिट्टामा कार्यरत थिए । मोरङको साबिक दुलारी गाविस-९ घर भएका सुनिल ताजपुरियासँग उनको कामको सिलसिलामा केही वर्षअघि चिजनान भएको थियो । ताजपुरिया होटल व्यवसाय पनि गर्छन् ।

‘मोरङ घर भएका भुजेलसँग चिनजान भएपछि ताजपुरियाले उनलाई लागूऔषध कारोबार गर्ने भारत पानीट्यांककी एक व्यक्तिलाई पनि चिनाएका थिए’ ती अधिकृत भन्छन्, ‘उनीहरुले पैसाको लोभ देखाएपछि भुजेलले आफैं लागूऔषध ओसारेको देखिएको छ ।’

 

प्रहरीका अनुसार हवल्दार भुजेलले एक पटक लागूऔषध कटाइदिएवापत २० देखि २५ हजार रुपैयाँ लिने गरेको पाइएको छ । ‘त्यही पैसाका लागि उनले बर्दीको दुरुपयोग गरेको पाइएको छ’ ब्यूरोका एक अधिकृत भन्छन्, ‘अन्य कनेक्सनबाट फेला नपरेको भए, उनी अझै पनि लागूऔषध ओसारिरहेका हुने थिए ।’

अधिकृतहरुका अनुसार उनले एकपटकमा कहिले ३० त कहिले ५० ग्राम लागूऔषध कटाउने गरेका थिए । ‘बर्दीमा भएपछि उनलाई कसैले शंका गर्ने भएन’ ती अधिकृतले भने, ‘त्यसको फाइदा उठाउँदै उनले पटकपटक लागूऔषध ल्याएको देखिएको छ ।’

ताजपुरियालाई प्रहरीले पक्राउ गरेपछि उनको बयानबाट सशस्त्र प्रहरीकै एक जना कर्मचारीको सहयोगमा लागूऔषध नेपाल भित्रिने गरेको खुलेको थियो । पछि कल डिटेल रेकर्ड (सीडीआर) बाट पनि लागूऔषध कारोबारीको सञ्जालका सदस्यहरुसँग सम्बन्ध खुलेपछि भुजेललाई ब्यूरोले १६ फागुनमा पक्राउ गरेको थियो । तर आफ्ना समूहका सदस्यहरु पक्राउ पर्न थालेको थाहा पाएपछि उनी आफैं रमाना लिएर सशस्त्र प्रहरी बलको २ नं. हेडक्वाटर गणतिर सरुवा भएका थिए ।

अधिकृतहरुका अनुसार पानीट्यांकीमा भारतीय नागरिक श्यामल सिंहसँग उनले लागूऔषध लिएर आउने गरेको अनुसन्धानबाट देखिएको छ । सिंहको पानीट्यांकीमा लागूऔषध खैरो हिरोइन विक्री गर्ने डिलर नै रहेको प्रहरी बताउँछ ।

उनको अन्य नेपालीसँगको नेक्ससबारे पनि ब्यूरोले अहिले अनुसन्धान गरिरहेको छ । ‘उनलाई ताजपुरियाले नै चिनाएको जस्तो देखिन्छ’ एक अधिकृत भन्छन्, ‘पछि हामीले उनलाई नेपाल बोलाएर गाडीसहित नियन्त्रणमा लिएका छौं ।’

ब्यूरोका एसपी जीवन श्रेष्ठका अनुसार २४ माघमा काठमाडौंको बूढानिलकण्ठका लालबहादुर बुढाथोकी एक सय मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका थिए । उनलाई लागूऔषध दिने व्यक्तिको खोजी गर्दै जाँदा दोलखाका कौशल बस्नेत र सिन्धुपाल्चोकका समिर घले गुरुङ २१ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए ।

‘उनीहरुले झापाका अञ्जान राई र सञ्जय लक्सम्बा लिम्बुमार्फत लागूऔषध ल्याउने गरेको बयानका क्रममा खुलेको थियो’ श्रेष्ठले भने, ‘अर्को दिन दुवै जनालाई ७.५ ग्राम खैरो हिरोइनसहित पक्राउ गर्‍यौं ।’ त्यसपछि लागूऔषध झापाको काँकडभिट्टा नाकाबाट आउने गरेको देखिएको थियो ।

प्रहरीका अनुसार राईलाई लागूऔषध दिने झापाको विर्तामोड-५ का कर्मा भन्ने अजय तामाङलाई प्रहरीले २६ माघमा धुम्बाराहीस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको थियो ।

उनीमार्फत विर्तामोडबाट लागूऔषध काठमाडौं ल्याउने कारोबारमा संलग्न देखिएका पुकार गुरुङ पनि पक्राउ परे । त्यतिवेला काठमाडौंमा समातिएका कौशल बस्नेतलाई लागूऔषध दिने दमकका सुनिल ताजपुरिया पनि पक्राउ परे ।

‘उनी पक्राउ परेपछि लागूऔषध सशस्त्र प्रहरीकै सहयोगमा आइरहेको खुलेको थियो’ एक अधिकृत भन्छन्, ‘सशस्त्र प्रहरीका व्यक्तिलाई विना बलियो प्रमाण पक्राउ गर्न हतार हुन्थ्यो, त्यसैले लामो रेकी पश्चात भुजेललाई पक्राउ गरेका हौं ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार प्रहरी उनलाई रंगेहात समात्न चाहन्थ्यो । तर आफ्ना समूहका सदस्यहरु पक्राउ परिसकेको चाल पाएका उनी सरुवा मागेर जिल्लातिर गइसकेपछि कल डिटेल रेकर्ड (सीडीआर) बाट लागूऔषध कारोबारीसँग देखिएको कनेक्सनका आधारमा पक्राउ परेका हुन् ।

पछिल्लो समय उनी लागूऔषध कारोबारमा संलग्न रहेको देखिएपछि सशस्त्र प्रहरी बलले पनि निलम्बन गरिसकेको थियो । स्रोतका अनुसार पानीट्यांकीबाट उनीहरुले ३ हजारदेखि ३५ सयसम्म प्रतिग्राममा लागूऔषध खैरो हिरोइन ल्याउने गरेका थिए । काठमाडौंसम्म त्यो आइपुग्दा प्रतिग्राम १० हजार रुपैयाँमा विक्री हुने गरेको थियो ।

लागूऔषध नियन्त्रण ब्यूरोका एसपी श्रेष्ठका अनुसार पक्राउ परेका गिरोहका ९ सदस्यविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढेको छ ।

ऐनमा अफिम, कोका वा त्यसबाट बनेको लागूऔषधको एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गरे पनि १५ वर्षदेखि जन्मकैद र पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाासम्म जरिवाना गर्नसक्ने व्यवस्था छ ।

एसपी श्रेष्ठ भन्छन्, ‘खैरो हिरोइन अफिमबाट बन्ने लागूऔषध हो, त्यही भएर यही कसूरमा टेकेर रायसहितको अनुसन्धान प्रतिवेदन पठाउँछौं।’

onlinekhabar

  • ओसारेपछि…
  • प्रहरीले नै
  • लागूऔषध
  • सशस्त्र
आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    यस्तो छ आजको मौसम

भर्खरै

  • १.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • २.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ३.
    यस्तो छ आजको मौसम

  • ४.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ७.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ८.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.