• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

अमेरिकाको दबाब झेल्न सक्नुभएन देउवा, संसदमा पेस गरिदिनुभयो एमसीसी : झलनाथ खनाल


काठमाण्डौ : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेस गरेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले आज बुधवारको कुराकानीका क्रममा यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसीको कुरा बारम्बार गरिरहेको र दबाबका कारण चाँडो भन्दा चाँडो टुङ्ग्याउने र एमसीसी नेपालको हितमा रहेको कुरा बताएको पनि उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले एमसीसीबारे अध्ययनका लागि सरकारले गठन गरेको तीन सदस्य कार्यदलमा पनि हरेक पार्टीका नेताहरूको आ–आफ्नै धारणा आएकाले एमसीसीको बारेमा स्पष्ट लिखित धारणा नबनाइएको बताउनुभयो । उहाँले एमसीसीमा रहेका केही सर्तहरू अनावश्यक र आपत्तिजनक रहेको र कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्तावेज र २०१९ को कार्यान्वयन सम्झौताभन्दा अन्य नयाँ नौ वटा सम्झौता फेला पारेको पनि बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले एमसीसी दस्तावेजको अध्ययन गर्दा एमसीसी पास गरेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने सर्त रहेको र यो नेपालका लागि स्वीकार्य नहुने बताउनुभयो । उहाँले सम्झौता मानिसकेपछि नेपालले उदार अर्थतन्त्र मान्नुपर्ने, उदार लोकतन्त्र मान्नुपर्ने, बजार अर्थतन्त्र मान्नुपर्ने सर्त, अमेरिकाको प्रचलित कानुनहरू र पछि बन्ने कानुनहरू पनि मान्नुपर्ने जस्ता सर्त रहेको उल्लेख गर्दै यस्ता कुराहरूमा नेपालले एमसीसी पास गर्न नसक्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता पाँच वर्षका लागि भनिए पनि केही धारा तथा उपधाराहरूमा यो सधैँका लागि रहिरहने उल्लेख गरिएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले लामो समयदेखि नै यो एमसीसीको बारेमा छलफल गर्दै आएका थियौँ । गठबन्धन बन्नुअघि पनि हाम्रो बीचमा विवाद थियो । गठबन्धन भएको बेलामा पनि विवादको विषय भएको हुनाले यसलाई हामीले लिएनौँ । त्यही बीचमा सरकार बनिसकेपछि बाहिरबाट पनि अलि बढी दबाब आयो । त्यो दबाबलाई सम्भवतः हाम्रो प्रधानमन्त्रीले खेप्न सकेनन् । खेप्न नसकेपछि उहाँले पटक–पटक पाँच दलको बैठकमा कुरा राख्नुभयो । चाँडो भन्दा चाँडो टुङ्ग्याउनुपर्छ, यो एकदम नेपालको हितमा छ भन्नुभयो । उहाँहरूले दिने अनुदानको कुरा मात्रै हो भने हामी जहिले पनि स्वागत गर्दछौँ । तर त्यहाँभित्र राखिएका सर्तहरू अनावश्यक छन्, गलत र आपत्तिजनक छन् । त्यसो हुनाले यो स्वीकार हुँदैन । त्यसपछि अध्ययन गरौँ भनेर एउटा कार्यदल बनाइयो । तीन जनाको कार्यदल थियो । त्यो कार्यदलका जम्मा चार वटा बैठक भए । दुई वटा बैठकसम्म दस्तावेजहरू जम्मा गरेका थियौँ र त्यसका आधारमा टुङ्गोमा पुग्यौँ भन्यौँ । तेस्रो बैठकमा जाँदा सबै दस्तावेज आए । पहिला २०१७ दस्तावेज र २०१९ को कार्यान्वयन सम्झौता पाएका थियौँ । तर अहिले अरू नौ वटा नयाँ सम्झौता पायौँ । चौथो बैठकमा आफ्नो धारणा राख्दा हामी आनका तान फरक भयौँ । खोलावारि र पारि जस्तो भयो । त्यो भएपछि ज्ञानेन्द्रबहादुर कार्कीले नै के भन्नुभयो भने– जति छलफल गरे पनि कुरा मिल्दैन, हामीसँग जे छ यही कुरा अब लिखित पनि नबनाऔँ । प्रधानमन्त्रीलाई त्यही कुरा बुझाइदिऔँ भनेपछि त्यही कुरा प्रधानमन्त्रीलाई भन्यौँ । सुरुदेखि नै त्यो दस्तावेज हेर्दा यो कुरा पारित गरिसकेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्छ भन्ने सर्त छ । त्यो सर्त हामीलाई मान्य भएन । अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणा मानिसकेपछि त हामीले असंलग्नतालाई तोड्छौँ । हामी हाम्रो संविधानको विरुद्धमा हुन्छ । हाम्रो संविधानका निर्देशन, सिद्धान्तका खिलाफ हुन्छ । यो कुरा हामीले मान्न सकेनौँ ।’

पूर्वप्रधानमन्त्री खनालले अमेरिकी महाशक्तिका सामु नेपाल सरकार नतमस्तक भएर एमसीसी संसदमा पेस गरेको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौता दुई सरकारबीच नभइ नेपाल सरकार र अमेरिकी एक निगमबीच भएको बताउनुभयो । उहाँले एमसीसी अन्तर्राष्ट्रिय सम्झौता नभएको भन्दै अमेरिकाले भन्दैमा नेपालको संसदबाट पारित गर्नुपर्ने कुरा स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले सरकारले नेपालको संविधानको विरुद्धमा गएर एमसीसी संसदमा पेस गरेको भन्दै यो सरकारको लज्जास्पद कुरा भएको बताउनुभयो।

पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, ‘यो अमेरिका र नेपाल, राज्य–राज्य बीचको सम्झौताभन्दा पनि अमेरिकाको एउटा निगमसँग नेपालले गरेको करार सम्झौता हो । त्यस कारण अमेरिकाले भन्दैमा हामीले संसदबाट अनुमोदन गर्ने कुरा गर्‍यौँ, यो आफैँ झुकेर, निहुरेर एउटा महाशक्तिका सामु त्वम् शरणम् गरेको कुरा हो । अरू केही पनि होइन । यो संसदमा लैजानुपर्ने कुरा नै होइन । कुनै पनि सन्धि, सम्झौता यदि हो भने त्यस्ता खालका सन्धि, सम्झौतालाई संसदमा लैजाने हो भने ती जम्मा चार खालका हुन्छन् भनेर हाम्रो संविधानले भन्छ । ती चार खालका मध्ये सामरिक हो कि, सिमानासँग सम्बन्धित हो कि, प्राकृतिक साधन–स्रोतको उपयोगको बाँडफाँडसँग सम्बन्धित हो कि, के विषय सम्बन्धि सन्धि हो यो रु यसको आजसम्म निर्क्योल गरिएको छैन । संविधानअनुसार संविधानको धारा २७९ बमोजिम यी चार प्रकारका मध्ये यो के हो भन्ने पनि टुङ्गो छैन । यो ४ प्रकारकै सन्धि, सम्झौता छ भने पनि त्यस्तो सन्धि, सम्झौतालाई सङ्घीय ऐन बनाएर संसदमा टेबुल गर्नुपर्छ भन्ने छ, संविधानमा । संविधानका खिलाफ गएर अहिले यो टेबुल भएको छ । यसकारण पनि मैले विरोध गरेको छु । हाम्रो अध्यक्षले पनि सहमति दिनुभएको भन्ने कुरा छ, तर हाम्रो पार्टीले त्यसरी टेबुल गर्नुपर्छ भनेर कतै निर्णय गरेको छैन ।’

संवादको क्रममा पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवा अमेरिकाको पासोमा पर्नुभएको बताउनुभयो । उहाँले सत्ता गठबन्धनले चुनावपछि गहन छलफल गरेर निचोडमा पुग्ने प्रस्ताव राख्दासमेत प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको जानकारी दिँदै एमसीसी पास गराउन प्रधानमन्त्रीले एमालेसँग साँठगाँठ गर्नुको विकल्प नरहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा भोट हाल्ने र सत्ता गठबन्धनबाट एमसीसी पास नहुने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले आँट, बुद्धि र दृष्टिकोण भए देश, जनता, संसद् र गठबन्धनको आड लिएर एमसीसीमाथि बार्गेनिङ गरेर संशोधन गर्न प्रधानमन्त्री देउवालाई चुनौती पनि दिनुभयो । उहाँले देशका नागरिकहरूको रगत बगाएर र रगत कुल्चिएर सरकारले एमसीसी सम्झौता अनुमोदन गरेमा त्यो भन्दा दुःखद अध्याय नेपालको इतिहासमा अरू केही नहुने बताउनुभयो । उहाँले सङ्कल्प प्रस्ताव ल्याएर पनि कुनै तुक नरहेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले देशहित विपरीत भइ एमसीसी पास गर्ने अडानमा कांग्रेस हो भने एमालेसँग समीकरण गरेर जान स्वतन्त्र रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा कांग्रेसका अन्य नेताहरूलाई पनि आफूले देशहित विपरीतका काममा आफूले साथ दिन नसक्ने भनेको उल्लेख गर्दै यदि देशहित विपरित एमसीसी पास भए सरकारमा सहभागी दलहरू आ–आफ्नो बाटोमा हिँड्नुपर्ने हुनसक्ने बताउनुभयो।

पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, ‘समीकरण कसले कस्तो गर्ने भन्ने कुराको निम्ति हामी सबै स्वतन्त्र छौँ । यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईँ स्वतन्त्र हुनुहुन्छ । अरू कांग्रेसका नेताहरूलाई पनि भनेको छु, तपाईँहरू स्वतन्त्र हुनुहुन्छ । हामी हाम्रो बाटो हिँड्छौँ । आ–आफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ । ’

पूर्वप्रधानमन्त्री खनालले नेपाली कांग्रेसले एमालेसँग समीकरण गरेर एमसीसी पास गराए पनि आकाश पृथ्वीमा नखस्ने उल्लेख गर्दै आफू देश र जनताको हितमा निरन्तर रहने बताउनुभयो ।

  • अमेरिका
  • एमसीसी
  • गरिदिनुभयो
  • झलनाथ खनाल
  • झेल्न
  • दबाब
  • देउवा
  • पेस
  • सक्नुभएन
  • संसदमा
बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.