×
आइतबार, असार ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

कोरोनाका कारण स्थगित महोत्सव अव सञ्चालन हुने


चितवन : स्थगित गरिएको रत्ननगर महोत्सव अव सञ्चालन हुने भएको छ । कोरोनाका कारण स्थगित गरिएको महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको हो । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो ।

उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठका अनुसार स्थगन गरिएको महोत्सव फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको हो । महोत्सवमा हुने चौथो चिकेन एण्ड एग फुड फेस्टिवल फागनु १६ देखि १९ गतेसम्म सञ्चालन हुने उनले बताए । फुड फेस्टिवल सौराहा चोकमा हुने छ । महोत्सव उद्घाटनको अन्तिम तयारीमा पुगेको समयमा कोरोना महामारीका कारण स्थानीय प्रशासनले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रममा रोक लगाएसँगै उद्घाटनको अघिल्लो दिन महोत्सव स्थगित भएको थियो ।

महोत्सवमा सबै संरचना त्यतिबेला नै बनाइएको थियो । बिग्रे–भत्केका संरचनालाई मर्मतसम्भार गरी महोत्सव गर्न लागिएको हो । महोत्सवमा ३५० कक्ष रहने छन् । महोत्सवमा कृषि उत्पादन र माछाको नयाँ प्रविधिलाई प्रथामिकता दिइने भएको छ । उद्योग वाणिज्य सङ्घ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ ।

मूल आयोजक समितिका संयोजक एवं सङ्घका अध्यक्ष श्रेष्ठले स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने जानकारी दिए । महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्र्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक छलफल गरिने उनले बताए ।

महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि प्रदर्शनी साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई प्राथमिकतामा राखिएको छ । उनले भने, “माछापालन व्यवसायको पवद्र्धनका लागि महोत्सवमा माछाका भुराको प्रदर्शनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल चेतनामूलक सामग्री, श्रव्यदृश्य तथा गोष्ठी गरिने छ ।”

‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ११औँ संस्करण हो । विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार–व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ ।

रासस

  • कोरोना कारण
  • महोत्सव
  • सञ्चालन
  • स्थगित
  • हुने
शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.