काठमाडौं : आमाको हत्यामा संलग्न भएको आरोपमा एक छोरा पक्राउ परेका छन् । मोरङको उर्लाबारीमा एक वना वृद्ध महिलाको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको जानकारी दिएको छ ।
उर्लाबारी नगरपालिका–४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या भएको हो । उक्त घटनामा संलग्न भएको आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले यसबारे जानकारी गराउनुभयो । पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले उल्लेख गरेको छ ।
चिरपट प्रहारबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा निधन भयो । उनको आइतबार राति १०:२५ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
हत्यामा संलग्न भएको आरोपमा गङ्गाप्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको हो । गङ्गाप्रसादलाई सामान्य मानसिक समस्या पनि देखिएको प्रहरीले बताएको छ ।