• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

वेहोस वनाइ एक महिलालाइ तीन जनाले पालैपालो करणी गरेपछि


विराटनगर : ३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्। साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’ सोधिन्। ती युवकले बहिनीको घर पुर्याइदिने भनी गाडीमा राखेर लगे। तर, झुक्याएर होटलमा पुर्याइ राति तीन जनाले करणी गरेको खुलेको छ।

सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा ब ‘न्धक बनाएर शुक्रबार राति महिलामाथि करणी भएको प्रहरीले जनाएको छ।

घटनापछि पीडित महिलालाई उपचारका लागि बिराटनगरस्थित कोसी अस्पताल लिएर आएका होटल सञ्चालक अर्जुन श्रेष्ठलाई प्रहरीले शनिबार दिउँसो विराटनगरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मञ्जिल मुकारुङले बताए।

‘महिला घाइते भएपछि हस्पिटल लिएर गएको रहेछ उसलाई हामीले पक्राउ गरेका छौँ,’उनले भने, होटल सञ्चालक अर्जुन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ गरेर राखेका छौँ, अर्का सुरज श्रेष्ठलाई बेलबारीमा पक्राउ गरेर राखिएको छ।’

उक्त घटनाबारे बेलैमा प्रहरीलाई जानकारी नदिएको, पीडित र उनका आफन्तलाई दुव्र्यवहार गरेको पाइएको डीएसपी मुकारुङले बताए। होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो करणी गरेको खुलेको छ’, मुकारुङले भने, ‘प्रहरीले घटनाका बारेमा शनिबार दिउँसो १ बजेतिर मात्रै थाहा पायो।’

रक्तस्रावका कारण पीडितको अवस्था गम्भीर छ। उनी राम्ररी बोल्न सक्दिनन्। उनलाई कोसी अस्पतालमा भर्ना गरिएको छ। अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। रिभा केसीले रक्तस्राव रोक्ने प्रयास जारी रहेको बताइन्। रक्तस्राव अत्यधिक भइरहेको छ। रगत धेरै बगेका कारण र’क्त’चा’प पनि निक्कै कम भएर गयो,’ उनले भनिन्, ‘पीडितको उपचारमा कुनै कमजोरी हुन नदिन सक्दो प्रयास गरिरहेका छौं। अवस्था निक्कै गम्भीर छ।’

डा। केसीका अनुसार पीडित महिलाको ‘यौन अगं क्षतविक्षत छ। शरीरका विभिन्न भागमा पनि चोटपटक छ। यौनअंगमा ठूलो असर पुगेका कारण सिलाइ गर्नुपर्ने हुन सक्छ,’ उनले भनिन्, ‘अरू थप समस्याका विषयमा परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै थाहा हुन्छ।’

पीडितका ४ वर्ष र १७ महिनाका दुई छोरी छन्। आफन्तका अनुसार पहाडबाट पीडित महिला परिवारसहित गत असोजमा बेलबारी बसाइँ आएकी हुन्। पीडितको आर्थिक अवस्था कमजोर छ। उनी नाबालिका छोरीलाई बहिनीको जिम्मा लगाएर काममा जान थालेकी थिइन्। बहिनीको घर जान खोज्दा आरोपितले प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटल पु्र्याएको पाइएको छ।

‘विभिन्न ठाउँमा घुमाउँदै ती युवाले साँझ ७ बजेतिर महिलालाई होटलमा पु्र्याएछन्। एकछिनमा बहिनीको घर पु्र्याइदिन्छु भन्दै केही खान दिएर राखेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, खानेकुरा दिएपछि महिला बेहोस भइछन्। बेहोस बनाउने वस्तु खान दिएर र सुँघाएर होटलको कोठामा लगेर तीन जनाले नै पालैपालो करणी गरेको खुलेको छ।’ सुरुमा गाडीमा राखेर लैजाने युवकले, पछि अर्जुन र मनोजले कर णी गरेको प्रहरीले जनाएको छ।

पीडित महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न सुरु गरेकी थिइन्। काम सकेपश्चात सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई घटनामा संलग्नमध्ये रामबहादुरले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछिया लगेका थिए। उक्त घटनापछि रामबहादुर फरार रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार राती भएको घटनाकोबारे आफूलाई शनिबार बिहान मात्रै थाहा भएको पीडितकी बहिनीले बताइन्। घटना भएको थाहा पाएपछि घटनास्थल पुग्दा कोठा र ओछ्यान अस्तव्यस्त अवस्थामा पाइएको उनले बताइन्।

दिदीलाई उपचारका लागि लैजान हारगुहार गर्दा आफूमाथि नै दुर्व्यवहार भएको उनले गुनासो गरिन्। दिदीलाई उपचारका लागि हारगुहार गर्दा ममाथि नै दुर्व्यवहार गरियो, उनले सुनाइन्, प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै बल्ल उपचारका लागि होटल मालिक तयार भएका थिए।’

रातभरको पीडाले दिदी बेहोस हुनुभएछ। बिहान ८ बजेतिर ब्युँझिएपछि होटलमा राखेर मलाई करणी गरे भन्दै फोन गर्नुभयो,’ उनले भनिन्, घटना सुनेपछि म उक्त होटलमा पुगेँ। रगतको आहालमा डुबेको होटलको कोठा र ओछ्यानमा दिदीलाई अचेत अवस्थामा पाएँ।’

कोठा र ओछ्यान रक्ताम्य पाइएको उनले सुनाइन्। दिदी त्यहीँ लडिरहेकी थिइन्। त्यस्तो अवस्था देखेपछि मैले केही सोच्नै सकिनँ। उपचारका लागि लैजान हारगुहार गरेँ,’ उनले भनिन्, ‘त्यसपछि होटल सञ्चालकका भाइ र होटलमा काम गर्ने युवती आएर ममाथि दुव्र्यवहार गर्न थाले। प्रहरीलाई खबर गर्छु भनेपछि गाडीमा राखेर उपचार गर्न लैजान तयार भए।’

उपचारमा ल्याउने क्रममा रगतले गाडीको सिट नै रक्ताम्य भएको उनले बताइन्। गाडीमा पनि धेरै रक्तस्राव भयो। दिदीको अवस्था झन् बिग्रँदै गयो। उहाँ बोल्नै छाड्नुभयो। वान्ता पनि गर्नुभयो,’ बेडमा राखिएकी दिदीको अवस्था देखेर उनले रुँदै भनिन्, ‘जसोतसो अस्पताल ल्याएर भर्ना गरिएको छ। उपचार सुरु भए पनि अवस्था कस्तो हुन्छ भन्ने चिन्ता थपिएको छ।’

  • करणी
  • गरेपछि
  • जनाले
  • तीन
  • पालैपालो
  • महिलालाइ
  • वनाइ
  • वेहोस
मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.