कैलाली : कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरि फरार भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्का मगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्का फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रविन विष्टले घरायसी विवादमा रोक्का मगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० नवराज पोखरेल नेतृत्वको टोली खटिएको छ ।