चितवन । चितवनमा प्रहरीले ठूलो परिमाणमा पटाकाजन्य विस्फोटक पदार्थ बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल चितवनको कालिका नगरपालिका–६, हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र भारतको मोतिहारी घर भई हाल भरतपुर महानगरपालिका–३, बाह्रघरे बस्ने २९ वर्षीय राज जैसवाल भन्ने कन्हैया कुमार रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत विभिन्न प्रकारका पटाकाजन्य विस्फोटक पदार्थ गरी कुल ८० हजार ३७२ पिस बरामद गरिएको छ।
बरामद पटाकाजन्य विस्फोटक पदार्थको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको छ। त्यसैगरी, उनीहरूको साथबाट नेपाली नगद १ लाख ७२ हजार ३०० रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

