• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ७. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

४ चैत, रुकुमपूर्व । सिस्ने गाउँपालिका–६ छिप्रिदहस्थित विन्ध्यावासिनी मन्दिर पुनर्निर्माण योजनाले सडक मापदण्ड उल्लंघन गरेको आरोप लागेसँग विवाद सिर्जना भएको छ । मन्दिर परिसरभित्र सटरसहितका संरचना निर्माण गर्ने तयारी भएपछि स्थानीयवासी र व्यवसायीहरूले विरोध गरेका छन् ।

स्थानीयका अनुसार मन्दिर वरिपरि निर्माण गरिने भनिएका सटरसहितका कोठा सडकको निर्धारित सीमाभित्र पर्छ । “सडक मापदण्ड मिचेर संरचना बनाइँदैछ, यो सरासर गलत हो,” एक स्थानीय व्यवसायीले भने, “आस्थाको नाममा नियम मिच्न पाइँदैन।”

अघि सडक मापदण्ड उल्लंघनकै कारण ‘रुकुमकोट महिला बहुदलीय सहकारी संस्था लिमिटेड’को भवन स्थानीय सरकारद्वारा भत्काइएको थियो ।

अहिले सोही स्थान आसपासमै पुनः मापदण्डविपरीत संरचना बनाउन खोजिएको भन्दै स्थानीयले दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएका छन्। “एकातिर मापदण्ड भन्दै भवन भत्काइन्छ, अर्कोतिर त्यही नियम मिचेर मन्दिर बनाइन्छ।यो अन्याय हो,” अर्का स्थानीयले गुनासो गरे ।

उद्योग वाणिज्य संघ रुकुमपूर्वसहित बजारका व्यवसायीहरूले मन्दिर पुनर्निर्माणलाई समर्थन गरे पनि व्यावसायिक उद्देश्य राखेर सटर निर्माण गर्नु अनुचित भएको बताएका छन् ।

उनीहरुले मन्दिरलाई धार्मिक आस्थाको केन्द्रकै रूपमा विकास गर्नुपर्ने बताउँदै व्यापारिक गतिविधि जोडेर यसको मूल स्वरूप परिवर्तन गर्न नहुने बताएका छन् ।

मन्दिर व्यवस्थापन समितिले भने आरोप अस्वीकार गर्दै परियोजना विधिसम्मत रहेको दाबी गरेको छ । समितिका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ र कम्पाउण्ड क्षेत्रभित्र सीमित सटर निर्माण गर्ने योजना अघि बढाइएको हो । ६ वटा सटर निर्माणका लागि लुम्बिनी प्रदेश सांसद कोषमार्फत बोलपत्र आह्वान भइसकेको पनि जानकारी दिइएको छ ।

समितिले प्रस्तावित संरचना नवदुर्गा अवधारणामा आधारित रहेको, नौ दिशामा नौ देवी स्थापना गरिने र बहुभुज शिखर तथा प्यागोडा शैलीमा मन्दिर निर्माण गरिने जनाएको छ । धातु संरचनालाई प्राथमिकता दिइएको र यसले दीर्घकालीन रूपमा टिकाउ तथा भूकम्प प्रतिरोधी हुने दाबी गरिएको छ ।

तर, स्थानीय सरकार, सिस्ने गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले विवादबारे हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । यसले झन् अन्योल बढाएको छ। सरोकारवालाबीच समन्वय र पारदर्शिता अभाव हुँदा विवाद थप चर्किने संकेत देखिएको छ ।

मन्दिर पुनर्निर्माण जस्तो संवेदनशील विषयमा कानुनी मापदण्ड र स्थानीय सहमति दुवैलाई बेवास्ता गरिए परिणाम गम्भीर हुन सक्ने भन्दै स्थानीयले तत्काल खुला छलफल र स्पष्टीकरणको माग गरेका छन् ।

शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.