भरतपुर – नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) चितवनको १४औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट भोजबहादुर खड्का अध्यक्षमा निर्वाचित भएका छन्।
भोज बहादुर खड्का २८ मतका साथ विजयी भएका हुन् ।प्रतिद्वन्दीद्वय सुदिप भट्टराईको २१ र प्रज्वल पौडेलको ११ मत ल्याएका छन् ।आइएमआइएस एजुकेशनका सञ्चालक खड्काले तीन प्यानलबीच भएको प्रतिस्पर्धामा जीत हासिल गरेका हुन्।
त्यस्तै उपाध्यक्षमा मेघराज कंडेल, सचीव लक्ष्मण कंडेल, कोषाध्यक्ष गोकर्ण अर्याल, सदस्यहरुमा रुपेश गौतम, विशाल थापा, वसन्त पराजुली र प्रचण्ड राज न्यौपाने निर्वाचित भएका छन् । कुल ५८ मतका लागि भएको निर्वाचनमा खड्कासँग पेनग्युइन एजुकेशनका सञ्चालक सुदिप भट्टराई र आकारुई एजुकेशनका सञ्चालक प्रज्वल पौडेल प्रतिस्पर्धामा थिए।
नवनिर्वाचित अध्यक्ष खड्काले पारदर्शिता, स्वस्थ प्रतिस्पर्धा र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै ई–क्यान चितवनलाई थप व्यवस्थित र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै आजै मध्यरातसम्म नयाँ कार्यसमितिको घोषणा गरिएको ई–क्यान चितवनका वर्तमान अध्यक्ष दिपकचन्द्र भट्टराईले जानकारी दिए।



