नवलपुर, जेष्ठ ३० — सामाजिक उत्तरदायित्व, युवा सशक्तिकरण र समृद्धिको मार्गमा अग्रसर WAY ग्रुप नेपाल, नवलपुरले आज मिति २०८२ साल जेष्ठ ३० गते शुक्रबार विशेष साधारण सभा सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।
सभाले सर्वसम्मत रूपमा प्रकाश अधिकारीलाई अध्यक्ष चयन गर्दै नयाँ नेतृत्वको जिम्मेवारी सुम्पिएको हो। नवगठित समितिमा भिमलाल कंडेल उपाध्यक्ष, सविन कंडेल सचिव, हरिराम रेग्मी कोषाध्यक्ष, ऋषिराम भन्डारी सह-सचिव, र दिप्सन पोखरेल सह-कोषाध्यक्ष पदमा चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा हरिप्रसाद वाग्ले, मनिष अधिकारी, निरु मल्ल, सुजाता सुवेदी, मनिता मल्ल, मिना मल्ल र राधा थापा मगर रहनुभएको छ।
WAY ग्रुप नेपालले सामाजिक सेवा, शिक्षा, नेतृत्व विकास, उद्यमशिलता र युवामैत्री अभियानहरू सञ्चालन गर्दै आएको छ। नवगठित समितिले संस्थालाई अझ प्रभावकारी र उद्देश्यमुखी बनाउने अठोट गरेको जनाएको छ।
कार्यक्रममा संस्थाका संस्थापक सदस्य, सल्लाहकार, समाजसेवी, युवा प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।