• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ७. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ८. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ९. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर


भोजपुर, चैत ४– बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् ।

डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताउनुभयो । मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको उहाँले बताउनुभयो । सविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उहाँले बताउनुभयो ।

अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ घरमध्ये तीन घर, दमाईछाँपमा ८० घरमध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घरमात्र रहेको उहाँले बताउनुभयो । त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले बताउनुभयो ।

“स्थानीयले गाउँ छाड्दा मानेभञ्याङका धेरै बस्ती खण्डहर बनेको अवस्था छ”, शिक्षक पराजुलीले भन्नुभयो, “मुख्य रूपमा बाँदर र पिउने पानीको समस्याका कारण मानिस अन्यत्र गइरहेका छन् । बाक्लो मानव बस्ती रहेका धेरैवटा गाउँ खण्डहर बनेका छन् ।”

विगतमा आफूले अध्यापन गराइरहेको भानुभक्त प्राथमिक विद्यालयमा तीन सयका हारहारीमा विद्यार्थी हुने गरेको भए पनि अहिले ५० जना मात्र रहेको उहाँले बताउनुभयो । “गाउँघरमा सडक बिजुलीलगायत विकासको क्षेत्रमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “मानिस बस्ती छाडेर अन्यत्र गइरहेका छन् । तल्लो भेगका मानिसले बस्ती छाडिदिँदा माथिल्लो भेगमा बाँदरले दुःख दिन थालेको अवस्था छ । यसरी नै बाँदरको उप्रदो बढ्ने हो भने पूरै गाउँ खाली हुने अवस्था छ । राज्यले किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणमा ध्यान दिन आवश्यक छ ।”

बाँदरको समस्याले किसानलाई हैरान बनाएको अर्चलेका स्थानीयवासी जगतकुमार तामाङले बताउनुभयो । खाली रहेको बस्तीको एक घरमा अहिले ठेक्कामा बस्दै आएको उहाँले बताउनुभयो । अर्चलेमा आफूसहित अहिले दुई घर मात्र रहेको उहाँको भनाइ छ । बाहिर गएकाहरूले घरजग्गा बिक्री नगरी त्यत्तिकै छाडिएकाले संरक्षण अभावमा ती घर पनि भत्किन थालेको उहाँको भनाइ छ ।

“म पनि यहाँ अर्काको घरमा ठेक्का बसेको छु”, उहाँले भन्नुभयो, “यहाँका सबै घर बिक्री नगरी त्यत्तिकै छाडिदिँदा भत्किएर खण्डहर बनेका छन् । मानिस बस्ती छाडेर हिँड्दा उर्वरभूमि बाँझिएको छ । यहाँका जम्मा ३५ घरमा अहिले दुई घरमात्र छौँ ।”

सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको उहाँको भनाइ छ । बस्ती खाली भएको कारण बाँदरले झनै दुःख दिने गरेको उहाँले बताउनुभयो । सबैले बस्ती छाडेका कारण विद्युत् विस्तार हुने नसकेको उहाँको भनाइ छ । स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको छ ।

राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याएको खण्डमा यस्ता धेरै बस्ती खण्डहर बन्ने अवस्था रहेको तामाङले बताउनुभयो । बाँदरका कारण नै धेरै किसानलाई समस्या रहेको उहाँ बताउनुहुन्छ । रासस

 

सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण
नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते
गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध
विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

भर्खरै

  • १.
    हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २.
    नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

  • ३.
    नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ६.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ७.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ८.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.