• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

बरहथवा(सर्लाही), माघ २-  हरिवन नगरपालिका-४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उहाँले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गर्नुभएको छ ।

सोमबार नयाँ उपकरणको उद्घाटन गर्नुभएका जितेन्द्रले आगामी दिनमा उत्पादन दुईगुणाले बढ्ने अपेक्षा व्यक्त गर्नुभयो । हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिक्नुभएका उहाँले नौ महिना पहिला उद्योग सुरु गर्नुभएको हो ।

चुरेका वनमा खेर गइरहेको साल, भोर्लाको पातबाट दुनाटपरी बनाउने उक्त उद्योगमा महतोले २० जना युवालाई रोजगारी दिनुभएको छ । हरिवन-१० सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत उहाँ १२ कक्षापछि वैदेशिक रोजगारीको योजनामा हुनुहुन्थ्यो । विदेश भासिने तयारीमा रहेको आफू वडाध्यक्ष केशवराज थापाको सहयोगमा उद्यमी बनेको उहाँले बताउनुभयो ।

“म कक्ष १२ ९प्लस टु० सकेर विदेश जाने अन्तिम तयारीमा थिए”, उहाँले भन्नुभयो, “वडाध्यक्षसँग सहयोग माग्न जाँदा उहाँले यही केही गर्नुपर्छ भनेपछि हौसला पाएर सीप सिकेको हुँ । नगरले आयोजना गरेको लघु उद्यमसम्बन्धी सेमिनारमा लैजानु भएपछि । मलाई पनि उद्यमी बन्ने रहर जागेको हो । रहर त जाग्यो । तर, लगानी नहुँदा निकै दुःख पाएँ । उहाँले सहयोग गरेपछि आज उद्यम गरिरहेको छु ।”

बजारमा दुनाटपरीको माग धेरै भएकाले रु तीन लाख ६० हजार पर्ने नयाँ उपकरण जडान गरेको महतोले बताउनुभयो । यसअघि रु दुई लाख ४० हजारमा एक थान उपकरण जडान गरेको उहाँले उल्लेख गर्नुभयो । “त्यसबाट विभिन्न पाँच प्रकारका दैनिक पाँच हजार दुनाटपरी उत्पादन हुने गरेको छ । अब दैनिक १० हजार बढी उत्पादन बजार पु¥याउने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

नयाँ उपकरण जडानपछि महिनामा तीन लाखसम्मको दुनाटपरी उत्पादन गर्न सकिने उहाँको दाबी छ । यसबाट मजदुर, उत्पादन, बजारीकरणसमेतको खर्च कटाएर दैनिक रु दुई हजार पाँच सयदेखि रु तीन हजारसम्म मुनाफा हुने उहाँले जानकारी दिनुभयो । रुखको पातबाट बन्ने भएकाले दुनाटपरी वातावरण मैत्री हुने भएकाले प्लास्टिकजन्य सामानभन्दा उपभोक्तालेसमेत धेरै रुचाउने गर्नुभएको उहाँको अनुभव छ ।

जितेन्द्रले स्थानीयस्तरमा उत्पादन भएका, वातावरण मैत्री सामग्रीको अधिक प्रयोग गरेर सबै तहबाट नवयुवा उद्यमीलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । यसले वैदेशिक रोजगारीमा जाने क्रम निरुत्साहित गर्ने भएकाले लघु उद्यममा युवालाई जोड्न आवश्यक रहेको बताउनुभयो । “सुरुमा नपत्याएका बैंकहरूले अहिले ऋण लिन बोलाइरहेका छन् । सुरुमा उद्यम सुरु गर्छुभन्दा पुँजी थिएन”, उहाँले स्मरण गर्नुभयो, “ऋण माग्दा बैंक तथा वित्तीय सङ्घसंस्थाहरूले दिएनन् ।”
अहिले फोन गरेर ‘ऋण लैजानुस्’ भनिरहेका महतोले बताउनुभयो । पहिलो पटक हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारीबाट लिएको रु एक लाख ऋणबाट सुरु भएको उद्योग सञ्चालनमा फेरि त्यसबेलाको जस्तो सङ्कट भोग्नु नपरेको उहाँले सुनाउनुभयो ।

जितेन्द्रले सञ्चालन गर्नुभएको भजुँ बाबा दुनाटपरी उद्योगबाट उत्पादन भएका सामग्री जिल्लाको हरिवन, नवलपुर, बागमती, लालबन्दी, बरहथवा, बयलबास, मलङ्गवालगायत बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताको मागअनुसार सालको पत्ता, भोज पत्ता, दुनाटपरीलगायत सामान बजारमा उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।

जितेन्द्रजस्ता लगानी नभएका, उद्यमी बन्ने योजना भएकालाई नगरपालिकाले रणनीति बनाएर प्रोत्साहन गरिरहेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले बताउनुभयो ।

स्थानीय साधनस्रोतमा जोडेर युवालाई स्वरोजगार बनाए मात्र मुलुक समृद्धिको यात्रामा जाने वडाध्यक्ष केशवराज थापाले बताउनुभयो । पढाइ छोडेर रोजगारीका लागि विदेश जान सहयोग माग्ने युवालाई गाउँ घरमा उद्यम गरेर परिवारसँग बस्न प्रेरित गर्दै आइएको उहाँको भनाइ छ । रासस

मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.