• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

पर्वतमा निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप


पर्वत : पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ । स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट थप गरिएको हो ।

चार वटा योजनामा रू तीन करोडका दरले र एक योजनामा रू चार करोड गरी रू १६ करोड बजेट थप भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । बजेट थप भएका योजनामा दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडक, लेखफाँट–शालिजा सडक, देउपुर–पूर्णगाउँ–घुरूङ्गा सडक, लिमठाना–अर्चले–भँगरा सडक र वालिङ–हुवास–सेतीवेणी सडक रहेका छन् ।

सङ्घीय सरकारमार्फत निर्माणाधिन उक्त सडकलाई पूर्णता दिनका लागि बजेट माग गरिएकोमा हालै मन्त्रालयबाट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले जानकारी दिए । उनका अनुसार जिल्लाको कुश्मा नगरपालिकामा पर्ने दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडकका लागि रू तीन करोड विनियोजन भएको छ । यो सडकमा यसअघि रू एक करोड ६२ लाखको बजेट विनियोजन भएर निर्माणाधीन अवस्थामा रहेको थियो ।

यसैगरी जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत रहेका रणनीतिक सडकमा समावेश लेखफाँट–शालिजा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । उक्त आयोजनामा यसअघि चालु आर्थिक वर्षमै रू दुई करोड ९५ लाख विनियोजन भई निर्माणाधिन अवस्थामा रहेको थियो भने मोदी गाउँपालिकामा पर्ने देउपुर–पुर्णगाउँ–घुरूङ्गा सडकका लागि पनि रू तीन करोड विनियोजन भएको छ । यो योजनामा चालु आर्थिक वर्षको बजेटमा रू एक करोड ६२ लाख विनियोजन भएको थियो ।

फलेवास नगरपालिकामा रहेको लिमठाना–अर्चले–भँगरा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । कालोपत्रको काम भइरहेको यो सडकमा यसअघि रू एक करोड ६२ लाख विनियोजन भएको थियो । निर्माणाधीन यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडालाई राष्ट्रिय राजमार्गसँग जोड्ने भएको छ ।

यसैगरी स्याङ्जा र पर्वत जोड्ने वालिङ–हुवास–सेतीवेणी सडकका लागि रू चार करोड बजेट थप भएको सांसद गिरीले जानकारी दिए । उनका अनुसार उक्त सडकको अधिकांश भाग कालोपत्र भइसकेको छ भने उरामदेखि सेतीवेणीसम्मको खण्डका लागि बजेट थप भएको हो । यो सडकमा यसअघि रू एक करोड विनियोजन भएको थियो ।

पर्वतका सातवटै पालिकासम्म कालोपत्र सडकको पहुँच विस्तार भएको छ । वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुर्‍याउने योजनाअन्तर्गत निर्माणाधीन रहेका सडकलाई पूर्णता दिनका लागि निरन्तर बजेट व्यवस्थापनमा लागेको सांसद गिरीले बताए । अहिले थप भएको बजेट चालु आवभित्रै काम सुरू गर्ने गरी व्यवस्थापन भएको उनले बताए ।

सांसद गिरीले भने, “चालु आवभित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । कच्ची, जीर्ण र साँघुरो सडकका कारण ग्रामीण क्षेत्रका बासिन्दालाई कृषिउपजको बजारीकरण र आवतजावतमा वर्षौंदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएको छ ।”

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले थप भएको बजेटलाई पनि चालु आवभित्रै कार्यान्वयनमा लगिने बताए । डिजाइन, स्टिमेट भइसकेकाले नियमित काम हुने उनको भनाइ छ । रासस

 

शनिबार, माघ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.