• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट

चितवन पुस २८- भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आईतबार विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा भएको १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । एक सय ४ वटा वडास्तरीय तथा नगरस्तरीय योजनाहरुको कार्यक्रम संशोधन तथा रकमान्तर भएको रु १४ करोड २८ लाख ल्याइएको हो । उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उहाँले बताउनुभयो ।

बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउन, साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताउनुभयो ।

चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रगति स्थितिको विष्लेशणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवम् समायोजन गरिएको उहाँले बताउनुभयो । महानगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५६ करोड १ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो । नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणधिन अवस्थामा रहेको र धावनमार्ग निर्माण प्रकृया सुरु भएको बताउनुभो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको, एशियाली मापदण्डको सिक्स लेन सडक निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । यस्तै ८८ किलोमिटर लामो रिङरोडसहित संघ, प्रदेश र महानगरपालिकाको लगानीमा १ हजार ३ किमि कालोपत्रे सडक निर्माण भएको बताउनुभयो । महानगरको प्रशासकीय भवन, सिटी हल, जंगली जनावरबाट मानव तथा पशु वालीमा हुने क्षति न्युनीकरणको लागि फाउण्डेशन सहितको मेस जाली निर्माण भइरहेको उल्लेख गर्नुभयो ।

उत्पादनमा आधारित अनुदान कार्यक्रमले दुध उत्पादनमा उल्लेख्य वृद्धि भई आम कृषकको आर्थिक अवस्थामा सुधार आएको बताउनुभयो । विभिन्न निकाय सँगको समन्वयमा ७ हजार ९ सय विगाहा क्षेत्रफलमा सिंचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिंचाई आयोजनालाई १२ महिनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको जानकारी दिनुभयो । संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मका छात्रवृत्तिलाई लक्षित वर्ग केन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८ सय ९१ जना छोरीहरूको बालउमङ्ग जीवन बिमा गरिएको बताउनुभयो ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र २ लाख ८४ हजार वाह्य पर्यटकसहित जम्मा १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेका बताउनुभयो । महानगरको फोहर व्यवस्थापनका लागि भ्याट बाहेक रू ७ करोड ६१ लाखमा तीन वर्षे आय ठेक्का सम्झौता भई मंसिर १ गतेबाट फोहोरमैला संकलन र व्यवस्थापनको काम सुरु भएको बताउनुभयो ।

अति सीमान्तकृत र लोपोन्मुख ७९६ जना र दलित समुदायका ४ हजार ९ सय ७६ जना गरी सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययतरत लक्षित वर्गका सबै बालबालिकाहरूलाई शैक्षिक प्रोत्साहन कार्यक्रम अन्तरगत छात्रवृत्ति वितरण गरिएको उहाँको भनाई थियो ।

आइतबार, पुष २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.