• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

घरजग्गा कारोबार एकै महिनामा ह्वात्तै बढ्यो,मंसिरमा सबैभदा बढी राजस्व चितवन मालपोतमा उठ्यो

चितवन,पुस ४-  मंसिर महिनामा घरजग्गा कारोबारमा उछाल आएको छ । गत वर्ष मंसिरको र यस वर्ष कात्तिकको तुलनामा घरजग्गाको कारोबारमा वृद्धि भएको हो । गत वर्षको मंसिरमा ४१ हजार ८ सय ५१ वटा घरजग्गाको कारोबार भई लिखत पारित भएकामा यसपालिको मंसिरमा यस संख्यामा वृद्धि भई ४३ हजार ३ सय ७९ वटा लिखत पारित भएको छ । जबकि, चालू आर्थिक वर्ष २०८१–८२ को कात्तिकमा देशभर ३३ हजार ५ सयको संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो ।

साउन, भदौ, असोज र कात्तिकमा भएको कारोबारका आधारमा मंसिरमा कारोबार बढेको छ । असोजमा देशभर ३० हजार ५ सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो । भदौमा देशभर ३२ हजार ७ सय संख्यामा घरजग्गा कारोबार भएको थियो । साउनमा देशभर ४३ हजार ८ सय संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ ।

घरजग्गा कारोबारबाट मंसिरमा मात्रै ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार रुपैयाँ राजस्व उठेको छ । यसअघि साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व उठेको थियो ।

गत आवको तुलनामा चालू आवको मंसिरमा घरजग्गा कारोबारको लिखत पारितसँगै राजस्वमा केही सुधार देखिएको छ । गत कात्तिकमा घरजग्गाको कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँबराबरको राजस्व संकलन भएकामा मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ रुपैयाँबराबर संकलन भएको हो ।

मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार ५ सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मंसिरमा सबैभदा बढी राजस्व चितवन मालपोतबाट उठेको छ । चितवनबाट ३५ करोड ९८ लाख ३१ हजार रुपैयाँ उठेको हो । यसैगरी, मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख २ हजार ८ सय ७३ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय कलंकीले २६ करोड ५७ लाख २५ हजार ४ सय २५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार ८ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ । यसपछि बढी राजस्व उठाउनेमा भक्तपुर मालपोत रहेको छ । भक्तपुरबाट २२ करोड ५८ लाख २३ हजार रुपैयाँ उठेको छ । डिल्लीबजार मालपोतले भने १९ करोड ९६ लाख रुपैयाँ उठाएको छ ।

साँखुले ७ करोड ५० लाख २२ हजार ६ सय २९, मनमैजुले ७ करोड २६ लाख ३४ हजार २ सय ३३, टोखाले ७ करोड १२ लाख ४५ हजार ७ सय ६५ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । कास्की मालपोतले भने १३ करोड ५९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार ३ सय ९१ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

विभागमा अनुसार मंसिरमा सेवा कर २६ करोड ६ लाख २५ हजार ६ सय ९० रुपैयाँ उठेको छ । रजिस्ट्रेसन दस्तुर २ अर्ब ६३ करोड ७८ लाख १२ हजार ३ सय ४० रुपैयाँबराबर संकलन भएको छ । यसैगरी, १ अर्ब ३१ करोड ६३ लाख ४३ हजार ७ सय १४ रुपैयाँबराबरको पुँजीगत लाभकर संकलन भएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको जनाएको छ । यो कारोबार कात्तिकको तुलनामा २९ दशमलव ४३ प्रतिशतले बढी हो । गत कात्तिकमा देशभर ३३ हजार ५ सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो । गत आव २०८०–८१ को मंसिर महिनाको तुलनामा पनि यस वर्ष मंसिरमा ३ दशमलव ६५ प्रतिशतले घरजग्गा कारोबार बढेको देखिएका छ । गत वर्ष मंसिरमा देशभर ४१ हजार ८ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

विभागका अनुसार सबैभन्दा बढी लिखत पारित इनरुवा सुनसरीमा भएको छ । त्यहाँ एक महिनामा १ हजार ५ सय ५३ वटा लिखत पारित भएको थियो । मोरङमा १ हजार ४ सय ४२ वटा लिखत पास भएको छ । भद्रपुर झापाको मालपोत कार्यालयबाट १ हजार ३ सय ९८, कैलालीमा १ हजार २ सय २८ र धनुषामा १ हजार १ सय ३७ वटा कारोबार भएको छ । त्यसपछि बढी लिखत पारित भएका मालपोत कार्यालयमा राजविराज, मलंगवा, नेपालगन्ज, भक्तपुर र कोहलपुर रहेका छन् ।

सबैभन्दा कम घरजग्गा कारोबार भएका मालपोत कार्यालयमा सिर्दिवास, मनाङ, मुस्ताङ, खिजिफलाटे, हुम्ला, जोगबुढा, मुगु, इलाम, गोटीखेल, अछाम, खोटाङ, बझाङ, डोल्पालगायतका छन् ।

बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.