गैँडाकोट, १५ मंसिर । नेपालका चर्चित रोइला गायक शिरिष देवकोटा आज गैँडाकोटमा जारी महोत्सवमा आउने भएका छन् । सुमधुर स्वरका धनी देवकोटा गायनसँगै मनछुने शब्द र लोकगीतमा मिठो लयसमेत भर्ने सुमधर स्वरका धनी देवकोटा आज महोत्सवमा आउन लागेका हुन् ।
करिब डेढ दशकको सांगीतिक यात्रामा उनले थुप्रै चर्चित गीतहरू गाइसकेका उनलाई रोइला गायकको रुपमा समेत चिनिन्छ । ‘धर्म कर्म छोडी मायाकै नाम जपियो…’, ‘म त आउने थिइनँ…’, ‘दुर्गा हौ कि भवानी…’, माया लाउन मिल्छ र…?’ लगायत दर्जनौँ चर्चित गीत गाएका देवकोटासहित आज शनिबार अन्य कलाकारसमेत महोत्सवमा आउने महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आज महोत्सवमा देवकोटासँगै कला लम्साल, विष्णु सेर्पाली, अलिशा बराल, विना धिताल, सपना रोका, दीपक खड्कासहितका कलाकारको प्रस्तुती रहनेछ । कात्तिक २६ देखि सुरु भएको महोत्सव मंसिर १६ गते यसै क्षेत्रका संघीय सांसद शशांक कोइरालाको उपस्थितिमा समापन गरिने भट्टचनले बताउनुभयो ।
चर्चित रोइला गायक शिरिष देवकोटा आज गण्डकी प्रदेश महोत्सवमा आउँदै
चर्चित रोइला गायक शिरिष देवकोटा आज गण्डकी प्रदेश महोत्सवमा आउँदै

तपाईको प्रतिक्रिया