• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, मङि्सर २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

महाआरती सुरु भएपछि बढे मौलाकालिका आउने भक्तजन

गैँडाकोट , २३ असोजः गत साउनबाट सुरु गरिएको सन्ध्याकालीन महाआरतीले मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा प्रत्येक मङ्गलबार साँझ हुने आरती हेर्न नवलपुर, चितवन र तनहुँलगायतका स्थानबाट आउने भक्तजनको सङ्ख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका कार्यवाहक अध्यक्ष खगराज कँडेलले जानकारी दिनुभयो ।

“नेपालका विभिन्न जिल्लासहित भारतबाट  समेत यहाँ आउने भक्तजनको सङ्ख्या वृद्धि भएको छ”, उहाँले भन्नुभयो । सुरुआतमा साउनमा सोमबार गरिएको महाआरती भदौबाट हरेक हप्ताको मङ्गलबार आयोजना हुँदै आएको थियो ।

“मन्दिरमा ६० जनासम्मलाई बास बस्न र खानका लागि धर्मशाला निर्माण गरिएको छ । मङ्गलबार बास फोन गरेरै भक्तजनहरु आउनुहुन्छ”, उहाँले भन्नुभयो, “धर्मशालामा बस्न र खान शुल्क लाग्दैन ।” उहाँले केही दिन पहिलो बाढीपहिरोका कारण भने यहाँ आउने भक्तजनको सङ्ख्या कम भएको बताउनुभयो ।

भारतको कर्णाटक राज्यको बैङ्ग्लोरबाट यहाँ आउनुभएका राजेश गोयलले यहाँको महाआरती निकै राम्रो रहेको प्रतिक्रिया दिनुभयो । आफूहरु पाँच जनाको समूहमा नेपालका धार्मिक क्षेत्र भ्रमणका लागि आएको उल्लेख गर्दै उहाँहरु मौलाकालिकाको महिमा सुनेर प्रत्यक्ष अवलोकनका लागि आएको बताउनुभयो ।

“यहाँबाट देखिने प्राकृतिक दृश्य, हावापानी र आस्थाका कारण यो ठाउँ राम्रो लाग्यो”, गोयलले भन्नुभयो, “हामी यहाँबाट देवघाट, पशुपतिनाथसहितका धार्मिक क्षेत्र घुम्नका लागि जानेछौँ ।”

मौलाकालिका मन्दिरमा हुने सन्ध्या आरतीलाई लक्षित गर्दै मौलाकाली केबलकारले मङ्गलबार साँझ ५ बजेपछि टिकटमा ५० प्रतिशत छुट दिएको छ । मौलाकालिका केबलकार प्रालिका प्रबन्धक सुरज पौडेलका अनुसार मन्दिरसँग सहकार्य गरेर सन्ध्या आरती अवलोकनलाई लक्षित गर्दै भक्तजन बढाउने उद्देश्यले टिकटमा छुट दिइएको हो ।

हाल केबलकारको दुईतर्फी साधारण टिकट मूल्य रु पाँच सय ५० रहेकोमा मङ्गलबार साँझ यात्रुले रु दुई सय ७५ मै दुईतर्फी यात्रा गर्न पाउने पौडेलले बताउनुभयो । “यो छुट सुविधाले आमसर्वसाधारणलाई सस्तो मूल्यमा केबलकारमा यात्रा गर्ने अवसर मिलेको छ”, पौडेलले भन्नुभयो, “साथै दर्शनार्थीलाई सन्ध्या आरतीसँगै मन्दिरबाट देखिने सन्ध्याकालीन दृश्यावलोकन गर्न पनि मन्दिर जान प्रेरित गर्नेछ ।”

बुधबार, असोज २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.