• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, मङि्सर २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

स्थानीय सरकार प्रमुख भन्छन् : –सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ


काठमाडौँ, १९ असोज : बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका मुहान मर्मत गर्ने, विच्छेद भएको विद्युत् आपूर्ति सञ्चालन गर्नेलगायत कार्यलाई स्थानीय सरकारहरूले प्राथमिकतामा राखेका छन् ।

यस पटक बाढीपहिरोबाट बढी प्रभावित काभ्रे र सिन्धुलीका स्थानीय जनप्रतिनिधिले मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडक मर्मत गरेर जनतासँग पहुँच स्थापित, विद्युत्का ढलेका पोल मर्मतसम्भार गर्ने तथा क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरणजस्ता आधारभूत सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको प्रतिक्रिया दिनुभयो ।

बाढी प्रभावित क्षेत्रमा भएका क्षति तथा राहत र पुनःनिर्माणका विषयमा केन्द्रित रही राससका प्रतिनिधिले राखेको जिज्ञासा उहाँहरूले आ–आफनो क्षेत्रमा मानवीय तथा भौतिक पूर्वाधारमा भएका क्षतिको विवरण सङ्कलन तथा राहत वितरणलगायतका  प्राथमिकताबारे व्यक्त गर्नुभएको धारणाको सम्पादित अंशः

सडक पहुँच पहिलो प्रथमिकतामा राखेको छु :  दिनेश लामा, अध्यक्ष रोशी गाँउपालिका

मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडकमा यातायात पहुँच स्थापित, ढलेका विद्युत् पोलको मर्मतसम्भार, क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सडकको पहुँच स्थापित नभएसम्म केही नहुँदो रहेछ । विद्युत्को ट्रान्सफर्मर ढुवानी, ढलेका पोल फेर्न बाटो नभई बोकेर लैजान सकिएन । त्यसकारण पहिले बिपी राजमार्ग र त्यसपछि पालिका जाने भित्री सडक दसँैअघि नै जसरी पनि सञ्चालन गरौँ भनेर अघि बढेका छौँ । बाढीपहिरोमा रोशी गाउँपालिका मात्रै १२ को मृत्यु भएको छ ।

भौतिक पूर्वाधारतर्फ दश शय्याको अस्पताल, पक्की र झोलुङ्गे पुल बगेका छन्भने औद्योगिक ग्रामको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएको छ । त्यहाँको भर्खरै तयार भएको चिस्यान केन्द्र पनि बाढीले बगाएको छ । तामाङ समुदायको जीवन्त झल्कने रोशीको तटीय क्षेत्रमा रहको डम्फु सङ्ग्रहालय र पार्क पनि बगेको छ ।

बाढी र पहिरोबाट पालिकाभित्र १२ वटा विद्यालय भवनमा क्षति पुगेको छ । एक दर्जन पक्किीसहित करिब ३०० घर पूर्ण क्षति भएका छन् । रोशी खोलाभित्रका धान उत्पादनमा मुलुकमै कहलिएका फाँटमा बढी पसेर सखाप भएको छ । बारीका कान्ला भत्किएर भित्र्याउन ठिक्क परेका मकैमा नोक्सानी पुगेको छ । रोशीलगायत खोला र खहरले धानबालीमा पुर्‍याएको क्षतिको आंकलन गर्न सकिने अवस्था नै छैन । एउटै व्यक्तिकै १५ रोपनीसम्म खेत रोशीले कटान गरेको छ, पुरेको छ ।

निजी सम्पत्ति र सडक बाहेक सार्वजनिक सम्पतिको क्षति मात्रै पनि अर्बाैं मूल्य बराबरको छ । राजमार्ग छाडेर अस्पताल, औद्योगिकग्राम, डम्फु पार्कमा भएको नोक्सानी जोड्दा अर्बको क्षति अनुमान गर्न सकिन्छ । निजी सम्पत्ति पनि सोही हाराहारीमा नोक्सानी भएको छ ।

प्राकृतिक विपद्पछि आउँदै गरेका दसैँलगायत चाडबाड यस पटक खल्लो हुने भएको छ । कतिपय स्थानमा चामलसमेत पुर्‍याउन सकिएलाजस्तो लाग्दैन । तथापि कोसिस भने जारी छ । तुलनात्मक रुपमा बाढीले फलामे साँगु, नारायणटार र नार्केमा बढी तहसनहस बनाएको छ ।

कृषि क्षेत्रमा भएको क्षतिमा ध्यान केन्द्रित गर्छौँ : दीपा दहाल (बोहरा), अध्यक्ष, सुनकोशी

बाढीपहिरोपछिको अवस्था निकै जटिल छ । स्थानीय तह र सङ्घसंस्थाबाट पीडित परिवारलाई राहत पुर्‍याउने काम तदारुकताका साथ भइरहेका छन् । विपद्मा स्थानीय तह र ती संस्था सारथी भएर जनताका घरदैलोमा पुगेका छन् । छिमेकी पालिका कमलामाई, दुधौली र मरिणले केही आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।

रेडक्रस, रिलिफ र वर्डभिनका प्रतिनिधिले प्रभावित क्षेत्रमा पुगेर सहयोग गरिरहनुभएको छ । उहाँहरूमध्ये कसैले खानेपानी, कसैले स्वास्थ्य, कसैले आवासमा सहयोग पुर्‍याउनुभएको छ ।  अप्ठेरोमा परेका व्यक्ति र समाजका लागि कुनै न कुनै माध्यमबाट सहयोग पुर्‍याउन स्थानीय सरकार प्रदेश र सङ्घ सहकार्य गर्दै अगाडि बढेको छ । साथै त्यसका लागि सङ्घ र प्रदेश सरकारबाटै शीघ्र सहयोग, समन्वय र योजनाको अपेक्षा गरिएको छ ।

बाढीबाट क्षतिग्रस्त जग्गाजमिन, घरजग्गा, खेतीबाली, पुलपुलेसा, खानेपानी, सडकमा बढी क्षति पुगेको छ । गड्तिर भेगका कैयौँ फाँटमा बाढी पसेर बाली नष्ट भएको छ । माटो थुप्रिएका ठाउँमा केही समयपछि त्यसलाई सम्याएर उब्जाउ गर्न सकिएला तर बगाएर लगेका स्थानमा भने गम्भीर समस्या हुन्छ । स्थानीय तहका सबै पदाधिकारी बसेर अब कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । सङ्घीय र प्रदेश सरकारले कृषिमा नै बढी ध्यान दिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो माग छ ।

यस विपद्बाट सुनकोशी गाउँपालिकामा तीन अर्ब नौ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मानवीयसँगै बाटो, बाली, विद्युत् र खानेपानीमा बढी क्षति भएको छ । पालिकाभित्र १३ वटा विद्यालयमा पूर्णरुपमा क्षति भएका छन् । दसैँ लगत्तै कसरी विद्यालय सञ्चालनमा ल्याउने भन्ने अहिले गम्भीर  प्रश्न उठेको छ । यो ठूलो समस्या हो ।

बाढीले मुहान बगापछि गाउँमा खानेपानीको गम्भीर समस्या देखिएको छभने बाटो पनि त्यस्तै छ । रोग र महामारीको डर र भय पनि उत्तीकै छ । बाढीले गाउँपालिकाभित्रका ३७ वटा लिफ्टिङ खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । मुहान सफा गरी पानी वितरण गरिए पनि उपलब्ध पानी गुणस्तरीय र शुद्धताको प्रश्न रहन्छ । यस पटक दसैँलगायत चाडपर्व अघिल्ला वर्षजस्तै हर्षाेल्लास नभई खल्लो हुने स्वतः पूर्वानुमान गर्न सकिन्छ ।

बाढीसँगैको लेदो माटो पन्छाउन निकै समस्या भइरहेको छ । प्रभावित भेगमा शौचालय जाने पानी छैन । हामीले पहिला सडकको पहुँच स्थापित गर्ने, खानेपानी आपूर्ति गर्ने, विद्युत् सञ्चालनको कामलाई एकैसाथ लिएर जानेगरी प्राथमिकता निर्धारण गरिएका छौँ । विद्युत् प्राधिकरणले यस क्षेत्रमा द्रूत गतिमा काम गरिरहेको छ । केही दिनमै अब विद्युत् आपूर्ति हुन सक्छ ।

सुनकोशी गाउँपालिकाभित्र १०६ घरमा बाढीपहिरोले नोक्सानी पुर्‍याएको छ । स्थानीय तहले १० वर्षसम्म भित्र आधारभूत रुपमा सबै काम सम्पन्न गर्ने कार्यतालिका निर्धारण गरेको थियो । तर यस पटकको बाढीले त्यो योजना चकनाचुर बनाइदियो । फेरि शून्यदेखि सुरु गर्नुपर्ने अवस्था आएको छ ।

बिपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने भयो : शङ्करराज बराल अध्यक्ष, गोलञ्जोर गाउँपालिका

खुर्कोट बजारमा सुनकोशी बाढी पसेर ३५ भन्दा बढी घर र पसल डुबान परे । पुरिएका भौतिक संरचनाभित्र र वरपरको बालुवा हटाउने र घर सफा गर्ने कार्य स्थानीय तह तथा नेपाल प्रहरी खटिरहेको भइरहेका छन् । बाढीले बगाएको सुनकोशीको पुलको स्थानमा बेलिबृज जडानका लागि नेपाली सेनाबाट अध्ययन भइरहेको छ ।

पहिलो चरणकोे तत्कालीन मानवीय सहायता करिब ८५ घरपरिवारलाई वितरण गरियो । पुरिएर नोक्सानी भएका धान खेत सम्याउने र मिलाउने काम स्थानीय सरकारबाट हुनुपर्छ भन्ने जनताको माग छ । जनअपेक्षाअनुरुप नै त्यो काम गर्ने प्रतिबद्धता स्थानीय तहले जनाएका छन् ।

सुनकोशीबाट खानेपानी र सिँचाइका लागि लिफ्ट गरिएका आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएको छ । त्यसको सरसफाइ र मर्मत कार्यमा तत्काल केही समस्या भएको छ । विकल्पका रुपमा पाइपको व्यवस्थापन गरी अघि बढ्ने प्रक्रिया भने सुरु भइसकेकोे छ । बाढीले गाउँपालिकाभित्रका १६ भन्दा बढी लिफ्ट आयोजनामा नोक्सानी पुर्‍याएको छ । त्यसबाट खुर्काेटको बजार क्षेत्र, हैवारबेँसी, बलेनीलगायत क्षेत्र खानेपानीबाट बढी प्रभावित छन् ।

यस पटकको विपद्बाट पालिकाभित्र गड्तिर भेगका करिब ८५ घर क्षति भएको प्रभारम्भिक तथ्याङ्क आएको छ । बाढीबाट गड्तिर भेग मात्र नभई महाभारत क्षेत्रका घरहरू पनि जोखिममा छन् । अलिकति पानी पर्ने बित्तिकै घर लड्ने, बग्ने र पहिरोमा पर्ने सम्भावना निकै ठूलो छ । त्यस्ता सङ्कटउन्मुख घरको सङ्ख्या डेढ समय माथि रहेका छन् ।

बाढीबाट बढी प्रभावित खुर्काेट बजारमा व्यपार–व्यवसाय गर्ने व्यक्ति स्थानीय नभई अन्य जिल्लाका भएकाले उहाँहरूलाई हामीले तीन दिन मेस चलाएर खाना खुवाइयो । पहिलो चरणको राहत पाएपछि उहाँहरू आफ्ना स्थायी बसोबास भएको ठाउँमा फर्कनुभयो । बाँकी रहेका व्यक्ति पनि बजार वरपर रहेका आफ्ना पुराना घर सफा सुग्घर गर्दै हुनुहुन्छ । यस पटकको दसैँ त्यही पुरानै घरमा मनाउनेजस्तो देखिएको छ ।

भौतिक पूर्वाधारका क्षेत्रमा बढी नोक्सान भनेको खुर्काेट बजार नै हो । दसैँ नजिक बाढी आएकाले व्यापारीले धेरै सामान खरिद गरेर राखेका थिए । त्यसमा ठूलो नोक्सानी भयो । डुबानमा परेका घर बस्न योग्य छैनन् । बढीपहिरोबाट पालिका भित्रका खेतमा लगाएको धानबाली पुरिएर नोक्सानी भएको छ । धानबाली नै खतम भएकाले वर्षभर के खाने भन्ने किसानलाई चिन्ता छ । खेत सफा गर्दिएर अर्काे बालीनाली लगाउने वातावरण बनाउने र यातायात सञ्चालन गर्नुपर्ने चुनौती छ ।

अर्कातर्फ बिपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने गरी भत्किएको छ । अहिले तत्कालका लागि मध्यपहाडी सडक आयोजनाको सहयोगमा अहोरात्र खटिएर साना गाडी छिचोल्ने ढङ्गबाट मात्र राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

शनिबार, असोज १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भर्खरै

  • १.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.