• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

प्रथम मिष्टर चितवनको उपाधि राज कुमार मानन्धरलाई

भरतपुर/चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनको आयोजनामा शनिबार सम्पन्न “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” मा राज कुमार मानन्धरले मिष्टर चितवनको उपाधि जित्न सफल भएका छन् ।

पाँच छुट्टाछुट्टै वेट क्याटगोरी बिजेता (गोल्ड मेडलिष्ट) हरुलाई फाइनल प्रतिस्पर्धामा उतारिएको थियो । ५ प्रतिस्पर्धीबीच भएको प्रतियोगितामा मानन्धरले उपाधि हात पारेका हुन । प्रतियोगिताको ओभरअल बिजेतालाई नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रथम मिष्टर चितवनका बिजेता मानन्धरलाई प्रदान गरिएको रु एकलाख पचास हजार रुपैयाँ चितवन समाज हङकङले उपलब्ध गराएको थियो ।

त्यस्तै महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगिता तर्फ उपाधि एलिना सुनारले हात पारेकी हुन् । महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगिताकी बिजेता सुनारलाई प्रदान गरिएको रु ५० हजार नगद अमेरिकाबाट निरा गुरुङ्गले उपलब्ध गराउनु भएको थियो ।

प्रतियोगिता अन्तर्गत ५५ के.जि.वेट क्याटगोरी तर्फ १३ प्रतियोगि मध्ये राजकुमार मानन्धर प्रथम, छेसङ्ग तामाङ्ग द्धितीय, रामबहादुर गुरुङ्ग तृतीय, महमद बेलाल मिया ठकुराई चौथो र साइधुल मियाले पाँचौं स्थान हासिल गरेका थिए । ६० के.जि.वेट क्याटगोरीतर्फ ९ जना प्रतिप्रर्धी मध्ये मदन थापा प्रथम, राजु विश्वकर्मा द्धितीय, सुमन तामाङ्ग तृतीय, विकेश कुमार शाह चौथो र जितेन्द्र कुमार शाहले पाँचौं स्थान हासिल गरेका थिए।

त्यस्तै ६५ के.जि.वेट क्याटगोरीमा ४ जना प्रतिस्पर्धीहरु मध्ये बेदन श्रेष्ठ प्रथम, निखिल तामाङ्ग द्धितीय, आशिक ताम्राकार तृतीय र नवराज पौडेलले चौथो स्थान हासिल गरेका थिए । त्यस्तै ७० के.जि.वेट क्याटगोरीमा ४ जना प्रतिस्पर्धीहरु मध्ये सुर्जे सुनार प्रथम, विरेन्द्र अधिकारी द्धितीय, असिम थापा क्षेत्री तृतीय र सुहिल महत्तोले चौथो स्थान हासिल गरेका थिए ।

त्यस्तै ७५ के.जि. वेट क्याटगोरीमा ३ जना प्रतिस्पर्धीहरु मध्ये इन्द्र बहादुर श्रेष्ठ प्रथम, प्रसन्न न्यौपाने द्धितीय र क्याप्टेन रुद्रीविर क्षेत्रीले तृतीय स्थान हासिल गरेका थिए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरुबीच माष्टर वेट खुल्ला पुरुषतर्फ ३ जना प्रतिस्पर्धीहरु मध्ये द्रोपद श्रेष्ठ प्रथम, क्याप्टेन रुद्रीविर क्षेत्री द्धितीय र मान प्रसाद गुरुङ्गले तृतीय स्थान हासिल गरेका थिए ।

त्यस्तैगरी महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगिता तर्फ ५ प्रतिस्पर्धीहरु मध्ये एलिना सुनार प्रथम, सुनिता घलान द्धितीय, सुजता सुनार तृतीय, विबिसा ओली चौथो र सरिता चौधरीले पाँचौं स्थान हासिल गरेका थिए ।

प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर, महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेतालाई रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)लाई रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)लाई रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्रमुख निर्णायकमा प्रताप काजी बरिया र निर्णायकहरु दिनेश कुमार राजभण्डारी, अनिलकृष्ण श्रेष्ठ, केशव बहादुर शाक्य, राजकुमार श्रेष्ठ, बुद्धिजंग कार्की, राजेश भेटवाल, श्रीकृष्ण कर्माचार्य, शिव कार्की रहनुभएको थियो ।

कार्यक्रममा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीर बहादुर राना मगरले स्वागत मन्तव्य, बागमती प्रदेश शारीरिक सुगठन फिटनेश महासंघका कार्यसमिति सदस्य राकेशमान श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । भने सह–प्रायोजक संस्था सेन्ट्रल कलेज अफ भोकेशनल प्रा.लि.का अध्यक्ष यज्ञविलास पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको मुख्य प्रायोजकमा विवाईडि, सह–प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेशनल प्रा.लि., प्रबद्र्धकमा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका, हस्पिटल पार्टनरमा नेशनल सिटी हस्पिटल, रेष्टुरेण्ट पार्टनरमा पाते ढिडो बिच रिसोर्ट, टिकट सौजन्य चितवन ह्यानकुक रेष्टुरेण्ट (साराङ), हस्पिटालिटी पार्टनरमा चितवन मिडटाउन रिसोर्ट, मिडिया पार्टटरमा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि. रहेका थिए ।

कार्यक्रमलाई सफल बनाउने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोगी पु¥याउने सहयोगी संस्थाहरु, समितिका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरु, निर्णायकहरु, खेलप्रेमी महानुभावहरुलाई चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङले हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नुभएको थियो ।

आइतबार, असोज १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.