भियरा एयर कण्डिसनले दशैं, तिहार र छठ पर्वको अवसरमा आकर्षक अफर घोषणा गरेको छ।
कम्पनीले आफ्ना ग्राहकहरूलाई २० प्रतिशतसम्म छुट प्रदान गर्नेछ। यसका साथै, लक्की ड्र, फ्रिज, टिभी र बम्पर टुरको अवसर पनि उपलब्ध गराउनेछ। ग्राहकहरूले दुई वर्षको निःशुल्क सर्विस सुविधा पनि पाउनेछन्।
कम्पनीले नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्विस क्याम्प २०८१ को आयोजना गर्ने घोषणा गरेको छ। यस अवसरमा दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्नेछन्। उनीहरूले नयाँ एसीहरूको आदान-प्रदान र खरिदमा सहयोग गर्नेछन्।
भियरा एयर कण्डिसनका प्रबन्ध निर्देशक विज्ञान अधिकारीले जानकारी दिए अनुसार, कम्पनीले १० वर्षको वारेन्टी प्रदान गर्दछ।
उनका अनुसार, भियरा जापानी प्रविधिमा आधारित छ र यसको सर्विस केन्द्र चितवनको भरतपुरमा अवस्थित छ। ग्राहकहरूले कुनै पनि ब्रान्डको एसी एक्सचेन्ज गर्न सक्ने सुविधा पनि उपलब्ध छ।
भियरा ब्रान्ड विगत १५ वर्षदेखि नेपाली बजारमा सक्रिय रहेको छ। यसले देशभर आफ्नो बलियो बिक्री सञ्जाल मार्फत उपभोक्ताहरूलाई सेवा सुविधाहरू प्रदान गर्दै आएको छ। गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्दै, भियरा ब्रान्डले नेपाली जनताको जीवनलाई सहज बनाउने प्रयास गरिरहेको छ। हाल, भियरा ब्रान्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिइरहेको छ।