• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

  • १. लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

मनाङमा फस्टाउँदै बेमौसमीखेती


मनाङ, ९ असोज : खेतीपाती तथा कृषिका लागि दुर्गम मानिने हिमाली जिल्ला मनाङ फेरिँदै गएको छ । कृषि पकेट क्षेत्र तोकिएका अन्य स्थानमा जस्तै व्यावसायिक रूपमा विभिन्न प्रजातिका अन्न र कृषिउपज उत्पादन हुन थालेका छन् । यहाँ विभिन्न प्रजातिको तरकारी उत्पादन हुन थालेपछि लमजुङ हुँदै अन्यत्र निकासी गर्न थालिएको छ ।

समुन्द्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा अवस्थित सदरमुकाम चामेमामात्र नभई तीन हजार पाँच सय ४० मिटर उचाइमा पर्ने ङिस्याङ गाउँपालिकामा बन्दाकोपी, गाँजर, मूला, गोलभेँडा, रायोलगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको छ ।तरकारी उत्पादन हुन थालेपछि आन्तरिक खपतसँगै निकासी गर्न थालिएको र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

मनाङका चारवटै पालिकामा एक दशकयता टनेलखेतीको अभ्यास हुँदै आएको छ । यसले किसान र स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ । अर्कोतर्फ चिन्ता पनि बढाएको छ । विश्वव्यापी तापक्रम वृद्धिले हिमपात कम भएर रैथाने बालीनाली लोप हुने अवस्थामा पुगेको छ । रैथाने बालीनालीको स्वाद र गुणस्तर खस्किँदै गएको किसानको चिन्ता छ ।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ भन्नुहुन्छ, “पहिले टनेलमा तरकारीखेती गरिन्थ्यो । बाहिरबाट आयात गर्नुभन्दा यही थोरै भए पनि उत्पादन गर्ने गरेका थियौँ । अहिले टनेलबिना तरकारी उत्पादन हुन थालेको छ ।” उहाँका अनुसार हाल माथिल्लो मनाङमा  टनेलबिना बन्दाकोपी, काउली, गोलभेँडा, गाँजर, मूला, धनियाँलगायत तरकारीखेती हुँदै आएको छ ।

नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङ भन्नुहुन्छ, “अहिले त स्याउ मात्रै तीन÷चारथरी फल्न थालेको छ । पहिला जस्तो हिउँ पर्दैन । पानी र गर्मी अलि बढ्न थालेको छ । यस्तो हुँदा स्याउसहित अन्य बालीको स्वाद फेरिँदै गएको छ ।” आलुको स्वाद पहिलेको जस्तो नरहेको उहाँको अनुभव छ ।

स्याउ, मकै, भटमास, आलु, जौ, उवा, करु, फापर, गहँु, कोदो, राजमा जस्ता कृषिउपज मनाङका रैथाने बालीनाली हुन् । समयअगावै फूलफूल र अन्नबाली पाक्न थालेको अनुभव स्थानीयवासीले गर्न थालेका छन् । मनाङका अधिकांश किसान परम्परागत खेतीपाती छाड्दै व्यावसायिक स्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

रैथाने बाली हराउँदै जाने र गुणस्तर खस्किने चिन्ता बढ्न थालेसँगै कृषि ज्ञान केन्द्रले अनुदानसहितका सचेतना कार्यक्रम प्राथमिकतामा राखेको केन्द्र प्रमुख मदन रेग्मी बताउनुहुन्छ ।

जलवायु परिवर्तनको प्रभावले बालीनालीको उत्पादन र गुणस्तरमा प्रभाव पारिरहेको बताउँदै उहाँले भन्नुभयो, “रैथाने बालीको बीउ जोगाउन, परम्परागत खेतीलाई प्रोत्साहन गर्न हामी स्थानीय तहसँग सहकार्यमा जुटेका छौँ ।”

मौसम परिवर्तनले कतिपय पुराना बालीको उत्पादकत्व घट्न थालेको अनुभव सुनाउने आगन्तुकले विकल्प खोज्दै आफ्ना भेगमा नयाँ फल÷बिरुवातर्फ चासो लिने गरेको केन्द्रकी बागवानी विकास अधिकृत शोभा शर्माले बताउनुभयो । “विगतमा स्याउ राम्रोसँग नफलेका ठाउँमा तापक्रम अनुकूल हुँदा फल राम्रो लाग्न थालेपछि स्याउका बिरुवाको माग बढ्न थालेको छ”, शर्माले भन्नुभयो ।

बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.