• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

र्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

खोटाङ, ९ असोजः यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । नगरपालिका क्षेत्रभित्रका कृषकले उत्पादन गरेका किवी, स्याउ, नास्पाती, आल्चालगायत फलफूललाई प्रशोधन गरेर पेयपदार्थ (जुस) उत्पादन गर्दै बजारीकरण गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण सुरु गरिएको हो ।

केन्द्रका लागि आवश्यक पक्की भवन निर्माण तथा उपकरण खरिदको काम सम्पन्न भएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो । “सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत रु एक करोडमा निर्माण सुरु गरिएको केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माण सम्पन्न भइसकेका छन् । अहिले आवश्यक उपकरण तथा विद्युत् जडान गर्ने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “फलफूल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि प्रतिघण्टा दुई सय लिटर जुस उत्पादन हुन्छ । यसले खेर गइरहेका फलफूल उपयोग हुनुका साथै कृषकलेसमेत रोजगारी पाउनेछन् ।”

बाहिरी जिल्लाबाट आयातीत पेयपदार्थलाई विस्थापित गर्दै पुँजी पलायन हुनबाट रोक्ने उद्देश्यले फलफूल प्रशोधन केन्द्र निर्माण सुरु गरिएको नगर उपप्रमुख राईको भनाइ छ ।

“कृषकले उत्पादन गरेका किवी, स्याउ, नास्पाती, आल्चालगायत फलफूल उपयोगविहीन भएका छन् । खेर गइरहेका फलफूललाई प्रशोधन गर्दै बजारीकरण गरेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनाका साथ फलफूल प्रशोधन केन्द्र निर्माण गरेका हौँ”, उहाँले भन्नुभयो, “पेयपदार्थका रुपमा प्रयोग गरिने ‘कोक’, ‘डियू’, ‘फ्यान्टा’, ‘रेडबुल’लगायत वस्तु आयात गर्दा करोडौँ रकम बाहिर जान्छ । बाहिरबाट आयात हुने त्यस्ता वस्तु विस्थापित गर्दै पुँजी पलायन रोकेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनामा सुरुआत गरिएको हो ।”

विसं २०८० माघ १२ गते सम्झौता गरेर निर्माण सुरु गरिएको फलफूल प्रशोधन केन्द्रको भवन र फलफूल प्रशोधन गर्ने उपकरण खरिदको काम सुदेवी कन्ट्रक्सन प्राली हलेसीले जिम्मा लिएको थियो । भ्याटसहित रु ८४ लाख १२ हजार पाँच सय ९७ को लागतमा सम्पन्न गर्ने सम्झौताअनुसार भवन निर्माण र उपकरण खरिद शोकिएको समय अगावै सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको ठेकेदार कम्पनीका प्रोपाइटर सुवास राईले जानकारी दिनुभयो । प्रशोशन केन्द्रको भवनसम्म पुग्ने विद्युत् विस्तार र फलफूल प्रशोधन गर्ने उपकरण जोड्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

निर्माणाधीन भवनमा आवश्यक थप कोठा विस्तार गर्न कोशी प्रदेश सरकारले यस आर्थिक वर्षका लागि रु २० लाख उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो ।

निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाभित्रका कृषकलाई मात्र नभई जिल्लाभरिका कृषकलाई राहत मिल्ने अपेक्षा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गंगाबहादुर विश्वकर्माले बताउनुभयो । “जिल्लामा फलफूत प्रशोधन केन्द्र नहुँदा बिक्री नभएका फलफूल त्यतिकै खेरजाने गरेको छ । फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेसँगै व्यावसायिकरुपमा फलफूलखेती गर्दै आएका कृषकहरु उत्साहित भएका छन्”, उहाँले भन्नुभयो, “अघिल्ला कार्यकालका जनप्रतिनिधिले निर्माण गरेका धेरै संरचना उपयोगविहीन छन् । निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालनका लागि वर्तमान जनप्रतिनिधिले दीर्घकालीन योजना बनाउन आवश्यक छ ।”

केन्द्र सञ्चालनमा आएसँगै कृषकले भोग्दै आएका समस्या अन्त्य हुने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्र वार्षिक करिब ३० हजार किलो किवी उत्पादन हुने नगरपालिकाले जनाएको छ ।

केन्द्र निर्माणका लागि स्थानीय शुभचन्द्र राईले साढे चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । आफ्नै क्षेत्रमा फलफूल प्रशोधन केन्द्र स्थापना भएपछि कृषकहरु फलफूल खेतीमा हौसिएका छन् ।

फलफूल प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि बोलपत्र आह्वान गरेर निजी क्षेत्रका उद्यमीलाई सञ्चालनको जिम्मेवारी दिने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । निर्माणाधीन फलफूल प्रशोधन केन्द्र यसै आर्थिक वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ ।

बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.