• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय

घोराही (दाङ), ८ असोजः सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवनोपयोगी सीप दिन थालिएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बत्ती कात्ने, ब्यूटीपार्लरअन्तर्गत थ्रेडिङ गर्ने, दुनाटपरी बनाउनेजस्ता सीप विद्यार्थीलाई दिन थालेको हो ।

जानेको सीप विद्यार्थीलाई प्रयोगात्मक रूपमै सिकाउन पाउँदा शिक्षक र शिक्षिका पनि खुसी देखिन्थे । कक्षा १० मा अध्ययनरत छात्रा काजल पुनमगर कपासबाट बत्ती कात्ने, दुनाटपरी र थे्रडिङ गर्ने सीप सिक्न पाउँदा खुसी व्यक्त गर्छिन् । बत्ती विभिन्न चाडपर्वका बेलामा बाल्न प्रयोग हुने हुँदा यो सीप अति नै महत्तवपूर्ण रहेको उनी बताउँछिन् । परम्परागत हाम्रा मूल्य मान्यतालाई संरक्षण गर्न मद्दत पुग्ने अपेक्षानुसार विभिन्न सीप सिक्दै आएका छौँ, जसमा तीनसुते, पाँचसुते, सातसुते र नौसुते बत्ती कात्न विद्यालयकै शिक्षिकाले सिकाउने गरेको उनको भनाइ छ । विद्यालयमा किताबी ज्ञानमात्र आर्जन गर्नुभन्दा व्यवहारिक सीप पनि उत्तिकै जीवनोपयोगी हुन्छ ।

बजारबाट निर्माण गरेका बत्ती, दुनाटपरी प्रयोग गर्ने भएको हुँदा अब आफैँले सिकेको ज्ञानलाई दैनिक घरमा प्रयोगमा ल्याउने कक्षा ८ मा अध्ययनरत विद्यार्थी सङ्गीता शर्मा बताउँछिन् । यस्तै थे्रडिङ गर्ने सीप पनि अहिले सिकियो भने भोलिका दिनमा व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुने उनको धारणा छ । “पढेर मात्र नहुने हुँदा घरायसी काम काज पनि जान्न र सिक्ने अवसर पाएपछि जीवन जिउन धेरै सहयोग पुग्छ”, विद्यार्थी भन्छन् । विद्यालयमा नियमित पढाइसँगै हरेक महिनाको दुईवटा शुक्रवार विभिन्न सीपयुक्त कार्यमा सहभागी हुँदै आएको उनीहरू बताउँछन् । कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी दुर्गा रोका आफूलाई मन पर्ने ब्यूटीसिएन भएको हुँदा अहिले थ्रेडिङ गर्ने सीप विद्यालयमै सिक्दै आएको र धेरै कुरा आफूले सिकिसकेको उनको भनाइ छ ।

विद्यार्थीलाई जीवनोपयोगी सीपअन्तर्गत विभिन्न सीप सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बताउनुभयो । विसं २०८१ मा विद्यालयको शैक्षिक क्यालेण्डरमै समावेश गरेर प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबारका दिन विद्यार्थीलाई सीप सिकाउन थालिएको छ । जसलाई (बुक फ्रिडे)का रूपमा लिइएको छ । विद्यार्थीलाई शैक्षिक सिकाइसँगै व्यावहारिक सीप सिकाइ पनि आवश्यक रहेको हुँदा यो अभियान सुरु गरेको उहाँको भनाइ छ । विद्यार्थी पनि निकै उत्साहित भएर सहभागी हुने गरेका छन् । सीप भएका शिक्षक र शिक्षिकाले विद्यार्थीलाई समूह बनाएर विद्यालयमै सीप सिकाउने गरेका छन् ।

पढ्न–लेख्ने जान्ने तर घरायसी काम नजान्ने समस्या छ । पढेलेखेकाले पनि सामान्य घरायसी काम जान्नुपर्छ, सीप सिक्नुपर्छ भन्ने मान्यताका साथ सीप सिकाइलाई प्राथमिकता दिएको विद्यालयका प्रधानाध्यापक पौडेल बताउनुहुन्छ । पछिल्लो समय बत्ती कात्ने, दुना टपरी बनाउनेजस्ता सीप पुस्तान्तरण नहुँदा समस्या हुने गरेको हुँदा यसले व्यक्ति, परिवार, समुदायलाई नै फाइदा पुग्ने उहाँको भनाइ छ । त्यस्तै अभिभावले पनि आफ्ना छोराछोरीले पढाइसँगै दैनिक जीवनमा आवश्यक पर्ने सीप सिकेको र त्यसलाई घरमा पनि लागू गरेकामा खुसी व्यक्त गर्ने गरेको उहाँले बताउनुभयो । विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप प्रदान गर्दै आएको छ । घोराही उपमहानगरापलिका सामाजिक विकास महाशाखाले चालु शैक्षिक वर्षदेखि महिनामा एक शुक्रबार नगरभित्रका विद्यालयमा बुक फ्रिडे बनाई विद्यार्थीलाई सीप सिकाउन आग्रह गरेअनुसार सरस्वती माविले त्यसलाई कार्यान्वयनमा ल्याएको हो ।

मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.