काठमाडौँ, भदौ ५- नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो । मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।