• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सदस्यहरु अन्दोलित

चितवन, २६ साउन – चितवनको भरतपुरमा रहेको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरु आन्दोलित भएका छन् । भरतपुर–१४ र १५ शिवनगर कार्यक्षेत्र रहेको समितिको तदर्थ समिति गठन भएको १० वर्ष हुँदासमेत समितिले साधारणसभा तथा अधिवेशन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । समितिका उपभोक्ता समीर केसीले वर्तमान तदर्थ समितिले अधिवेशनको मिति पटकपटक सार्ने गरेको, अधिवेशन गर्न नसकेको, संस्थाको विधि र विधान विपरित काम गरेको भन्दै आफूहरु आन्दोलित भएको बताउनुभयो । शनिबार शिवनगरमा विरोध सभा तथा पत्रकार सम्मेलनमा बोल्दै केसीले तदर्थ समिति गठन भएको १० वर्षपछि असार ८ गते गर्ने भनिएको वार्षिकोत्सवको मिति पटक पटक गरी साउन २६ गतेलाई सारे पनि अधिवेशन नभएको बताउनुभयो । पत्रकार सम्मेलनमा उपभोक्ता वीरेन्द्र थापाले समितिको स्वार्थका कारण उपभोक्ताले दुःख पाएको बताउनुभयो । संस्थामा राजनीतिक विचार छिराएर संस्थालाई प्रदूषित बनाइएको भन्दै तुरुन्तै निर्वाचन गर्न आग्रह गर्नुभयो । समितिमा गएर छलफल गरी निर्वाचन गर्न दबाब दिँदा कार्यसमितिले भ्रमक कुराहरु बाहिर ल्याएको भन्दै उपभोक्ताहरु आन्दोलित हुनुपरेको थापाको भनाइ छ । जनताको राय र अभिमतलाई लत्याउन नमिल्ने भन्दै उहाँले तुरुन्त निर्वाचन प्रकृयामा जानुपर्ने बताउनुभयो । समितिको अधिवेशन गरी विधानअनुसार चल्नुपर्ने भन्दा कार्यसमितिबाट आफू एक्लिएको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य प्रकाश चापागाईंले बताउनुभयो । असार ८ गते तोकिएको साधारणसभा एवम् अधिवेशनको दिन ५१ प्रतिशत सदस्य उपस्थित नभएको भन्दै अधिवेशन स्थागित गरेर कार्यकाल लम्बाउने तयारी गरेका भन्दै चापागाईंले कार्यसमितिमा रहेको तीन दलीय गठबन्धनको सिण्डिकेटविरुद्ध युवाहरु स्वतन्त्ररुपमा उभिएका बताउनुभयो । पहिलोपटक कुल समितिको ५१ प्रतिशत, दोस्रोपटक ३५ प्रतिशत र तेस्रोपटक उपस्थित सदस्यको बहुमतले अधिवेशन गर्नसक्ने विधानमा भएको भन्दै सदस्य चापागाईंले अहिलेको नेतृत्वले अधिवेशन गर्नै नचाहेको दाबी गर्नुभयो । संस्थाको निर्वाचन गराउन दबाब दिनका लागि साउन २५ गते उपभोक्ताहरुले समितिको कार्यालयमा तालाबन्दी गरेको भए पनि यसबाट खानेपानी वितरणमा कुनै पनि अवरोध नभएको चापागाईंले बताउनुभयो । व्यक्तिको घरमा बसेर समितिको निर्णय पुस्तिका उठाउने काम गरिएको भन्दै कार्यालयभित्र भएको निर्णय पुस्तिकामा बदमासी गर्न नसकुन् भनेर तालाबन्दी गरिएको चापागाईंको भनाइ छ । आन्दोलित उपभोक्ताहरुले संस्थामा कार्यसमितिले राजनीति गरेको उपभोक्तामा भ्रम सिर्जना गरेको, उनीहरुको चाहनालाई उपेक्षा गरिएको, तीन पटकसम्म अधिवेशनको मिति सारिएको, संस्थाको हिसाबकिताब आम उपभोक्तामा पारदर्शी रुपमा राख्न नसकेको र आर्थिक प्रतिवेदनसमेत पारित हुन नसकेका कार्यको विरोध गर्दै आन्दोलन गरिएको केसीले बताउनुभयो । आन्दोलित उपभोक्ताहरुले शनिबार दिउँसो शिवनगर बजारमा ब्यानर, प्लेकार्डसहित प्रदर्शनसमेत गरेका थिए । समितिमा एक हजार तीन सय ७९ जना सदस्यहरुले सदस्यता नवीकरण गरेका छन् । अधिकांश उपभोक्ताहरुले संस्था नीति, विधि र पद्धतीअनुसार सञ्चालन हुनुपर्नेभन्दै शनिबारको विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.