• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तीन वर्षमा बनिसक्नुपर्ने पुल १२ वर्षमा निर्माण सम्पन्न

स्याङ्जा, मंसिर १४- चीन र भारतसँग सीधा सम्पर्क जोड्ने कालीगण्डकी ट्रस ब्रिजको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेशको चापाकोट–९, निर्दिम र लुम्बिनी प्रदेशको रामपुर–६, भुजात जोड्ने कालीगण्डकीको पुल निर्माण व्यवसायीले निर्माण थालेको १२ वर्षमा सम्पन्न गरेका छन् ।

पुलको निर्माणसँगै ज्याग्दी खोला कोरिडोर हुँदै आँधीखोला कोरिडोर, पर्वत, मुक्तिनाथ हुँदै चीन र भारत आउन जान सक्ने अवस्था बनेको छ ।२०६८ साल असार २६ गते कन्काई/मिलिनियम/नेपाल प्रगति जेभीले निर्दिमघाट पुल निर्माणको सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय पाल्पाबाट तीन वर्षमा काम सक्ने गरी निर्माण कम्पनीले काम थालेकोमा छ पटक म्याद थपेर सम्पन्न भएको हो । तीन स्पानको १५० मिटर लामो निर्दिमघाट पुल निर्माण कम्पनीले १२ करोड ४८ लाख रुपियाँमा सम्झौता गरेको थियो ।

सम्झौता गरेर काम थालेको निर्माण कम्पनीले पुलको दुई छेउका पिल्लर बनाएर बिचको पिल्लर बनाउने क्रममा समस्या देखिएको थियो । सडक डिभिजनसँग वेल फाउन्डेसन डिजाइनमा काम अगाडि बढेकोमा बिचका दुई पिल्लरको वेल १५/१५ मिटर जमिनमुनि दब्नुपर्नेमा पाँच मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको छ महिनापश्चात काम गर्ने प्रक्रिया रोकिएको थियो ।

पुल सम्झौताको साढे सात वर्षमा २०७६ साल फागुन १५ गते गोरखापत्रमा डिजाइनको त्रुटिबाट मोटरेबल पुल अलपत्रको समाचार प्रकाशन भएपछि पुल महाशाखाले पुनः डिजाइन गरेको थियो ।

समाचार प्रकाशनको एक वर्षपश्चात डिजाइन परिवर्तन भएको थियो भने २०७८ सालबाट निर्माण व्यवसायीले काम थालेका थिए । पुल महाशाखाले वेल फाउन्डेसनको सट्टामा पाइल फाउन्डेसनमा निर्माण गर्ने गरी डिजाइन गरेपछि निर्माणको कामले पूर्णता पाएको हो ।

निर्माण व्यवसायी यामबहादुर श्रेष्ठले सम्झौता अनुसार नौ वर्ष पहिला पुल निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा डिजाइनले आफूहरूले काम गर्न नसकेको र डिजाइन नयाँ बनेसँगै पुल हस्तान्तरणको अवस्थामा पुगेको बताए । उनले डिजाइनमा त्रुटि भएको समयमै जानकारी दिए पनि परिवर्तन नहुँदा पाँच करोड रुपियाँ क्षति भएको र पैत्रिक सम्पत्ति बेचेर पुल निर्माण गर्नु परेको दाबी गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.