• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात


काठमाडौँ, कात्तिक २६- यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।

 

महासङ्घका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् । महासङ्घका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ६ करोड ६० लाख रुपियाँ बराबरको आयात भएको छ ।

 

महासङ्घका अनुसार गत वर्ष बैङ्किङ तरलता र डलर अभावका कारण झिलिमिली बत्तीको आयात र बजार निकै साँघुरिएको थियो । यसले गर्दा गत वर्ष पनि व्यापारीले चाहेजस्तो व्यापार गर्न सकेनन् । त्यसअघि निरन्तर तीन वर्षसम्म कोभिड महामारीका कारण बजार प्रभावित बनेको थियो । गत वर्ष करिब ४० करोड मूल्यबराबरको मात्रै आकर्षक झिलिमिली बत्ती आयात भएको महासङ्घको तथ्याङ्क छ । गत वर्ष अन्तर्राष्ट्रिय बजारमै झिलिमिली बत्ती बनाउने कच्चा पदार्थ प्लास्टिक, कपर, पेट्रोलियम पदार्थलगायतको मूल्य अस्वाभाविक रूपमा बढेकाले लागत खर्च पनि अत्यधिक बढेर आएको थियो ।

हिन्दु संस्कृति अनुसार शनिबारदेखि देशभर उज्यालोको पर्व ‘तिहार’ मनाइँदै छ । घर र पसलमा लक्ष्मीको बास होस्, वर्षभरि आम्दानीको स्रोत राम्रो होस् भनेर मनाइने यो पर्व उज्यालोबिना खल्लो हुन्छ । ग्रामीण भेग जहाँ बत्ती पुगेको छैन, त्यहाँ अहिले पनि मटितेल, तोरीको तेल र डिजेलको प्रयोग गरी ससाना टुकी, पाला र दियो बनाएर उज्यालो बनाउने चलन छ । त्यस्तै मैनबत्ती बालेर पनि घरआँगन उज्यालो बनाइन्छ ।

बत्ती पुगेका सहरबजारमा भने विभिन्न प्रकारका विद्युतीय बत्तीको महत्व हुन्छ । प्रत्येक घर, कार्यालय, महल, पसल, बगैँचा, होटल, रेस्टुराँलगायतमा विद्युतीय झिलिमिली बत्तीले उज्यालो बनाएर अँध्यारो रातलाई रङ्गीचङ्गी बनाइएको हुन्छ । जसका कारण पनि तिहारमा बिजुली बत्तीको आयात, व्यापार र खपत अत्यधिक हुन्छन् । यस वर्ष विगतका वर्ष जस्तो व्यापार नभएको व्यसायीको भनाइ छ । महासङ्घका उपाध्यक्ष रमेश देवकोटाले आर्थिक मन्दी र सर्वसाधारणको क्रयशक्ति कमजोरका कारण यो वर्ष पनि व्यापार धेरै नहुने अवस्था देखिएको जानकारी दिनुभयो ।

महासङ्घका अनुसार २०७८ सालको तिहारका लागि ३५ करोडको झिलिमिली बत्ती आयात भएको थियो । महासङ्घका अनुसार यो वर्ष बजारमा थोक मूल्य १७५ देखि २५ हजार रुपियाँसम्मका झिलिमिली बत्ती उपलब्ध छन् । व्यवसायी अनुसार तिहारमा सबैभन्दा बढी झालर र लहरे बत्तीको प्रयोग हुने गरेको छ । बत्तीलाई घर, पसल, कर्पोरेट हाउस, होटल, रेस्टुराँ र सडकलगायतका स्थानमा झुन्ड्याएर र ओछ्याएर बालिने हुनाले बजारमा सबैभन्दा बढी यसैको कारोबार हुन्छ ।

१० मिटरको लहरे झिलिमिली बत्तीलाई थोकमा १२० देखि १५० रुपियाँसम्म मूल्य तोकिएको छ । दुई सय वटा लिड बत्ती भएको २० मिटरलाई २५० देखि २७० रुपियाँसम्म मूल्य निर्धारण गरिएको छ । तिहारको समयमा लिड (एलइडी) बत्ती, डिस्को बत्ती, ६० लिड, एक सय लिड, माला बत्ती, घुम्ने बत्ती र झिलिमिली झालर, लहरे, रोप लाइट, पाइप लाइटको व्यापार झन्डै ८० प्रतिशतले वृद्धि हुने महासङ्घले जनाएको छ ।

आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.