असार २९, मेलबर्न अष्ट्रेलिया ।
सिड्नीमा एक जना नेपाली युवकको मृत्यु भएको छ। जुन २१ तारिखमा सिड्नीको सनसेट रेष्टुरेन्टमा आगलागीमा परेर घाइते भएका नेपाली युवकको गत बिहीबार उपचारका क्रममा मृत्यु भएको हो।
उनी सोही रेष्टुरेन्टमा कार्यरत थिए। आगलागी परेर गम्भीर घाइते भएका उनको कनकर्ड हस्पिटलमा उपचार भइरहेको थियो।
जुन २१ मङ्गलबार राति करिब १० बजे पारामाट्टाको रिभर रोड वेस्टमा रहेको अन सनसेट रेष्टुरेन्टमा आगलागी भएको थियो। त्यसपछि बोलाइएको आपतकालीन सेवाले घटनास्थलबाट १६० जनाको उद्धार गरेको थियो।
मृत्यु हुनेमा २४ वर्षीय प्रज्वल श्रेष्ठ रहेका छन्। उनको मृत्युमा उक्त रेष्टुरेन्टले दुःख व्यक्त गरेको छ भने परिवारको सहयोगका लागि आर्थिक संकलन पनि गरेको छ।