• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भरतपुर महानगर देशकै नमुना शहर बन्दै छ: मेयर रेनु दाहाल

चितवन, असार २९-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर देशकै नमुना शहर बन्ने दिशामा अगाडि बढिसकेको बताएकी छन् ।

उद्योग वाणिज्य संघ चितवनले बुधबार स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले नमुना शहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम अघि बढेकाले भरतपुर नमुना शहर बन्ने उल्लेख गरेकी हुन् ।

मेयर दाहालले भरतपुर शिक्षाको शहर, स्वास्थ्यको शहर, कृषिको शहर, झिलिमिली बत्तीको शहर, पर्यटनको शहरको हुँदै बहुआयमिक शहरका रुपमा अघि बढी रहेको बताइन् । ‘महानगरले शिक्षामा उल्लेख्य फड्को मारेको छ’ उनले भनिन्, ‘स्वास्थ्यको त हब नै हो । कृषि उत्पादनलाई यस वर्ष प्राथामिकतामा राखेका छौ । मूख्य बाटोमा स्मार्ट बत्ती जडान हुने काम चल्दैछ । भरतपुर नमुना हुँदैछ ।’ भरतपुरको विकासका लागि ‘भरतपुर भ्रमण वर्ष–२०८० पनि घोषणा गरेका छौ, यो अवधिमा पर्यटकलाई भरतपुरको विकासलाई देखाउने लक्ष्य लिएका छौ’ मेयर दाहालले भनिन् ।

भरतपुरलाई बहुविषेशतायुक्त शहरको रुपमा विकास गर्ने गरी सन्तुलित विकास अगाडि बढाइएकाले भरतपुर नमुना शहरको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिचित हुने मेयर दाहालको भनाइ छ । भरतपुर महानगरमा निर्माणधिन सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, प्रशासकीय भवन, नारायणी तटबन्धनलगायतको राष्ट्रिय गौरवको आयोजना निर्माण भएसँगै यहाँको चित्र फेरिने उनले दाबी गरिन् ।

स्थानीय सरकारको पहलमा मात्र भरतपुरको विकास नहुँने भन्दै मेयर दाहालले निजी क्षेत्रको सहकार्यमा दीर्घकालिन महत्वका विकासका योजनाहरु अगाडि बढाउन सकिने उनको भनाइ छ । ‘निजी क्षेत्र विकासका पिल्लर हुन’उनले भनिन् ‘निजी क्षेत्रको सहकार्यमा व्यवस्थित शहर बनाउन सकिन्छ । भरतपुर महानगर निजी क्षेत्रसँग धेरैभन्दा धेरै सहकार्य गर्न तयार छ । निजी क्षेत्रको सल्लाह अनुसार महानगरले विभिन्न गतिविधि गर्दै आइरहेको छ । भरतपुरको राजस्व वृद्धि गर्न निजी क्षेत्रको ठूलो भूमिका छ ।’

मेयर दाहालले भरतपुरको आन्तरिक आय वृद्धि गर्दा भरतपुरको थप विकास हुने भएकाले करको दायरा फराकिलो बनाउदै आम नागरिकलाई करबारे बुझाउनुपर्ने उनको धाराणा थियो । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको विकासमा यहाँको निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले निजी क्षेत्र र आम सर्वसाधारणको प्रयासले समृद्ध महानगर बन्नेमा बिश्वास समेत ब्यक्त गरे । उपप्रमुख अधिकारीले महानगरका ठूला र महत्वपूर्ण आयोजनाहरु छनौट गर्दा निजी क्षेत्रसँग छलफल र सहकार्य गरेर नै गर्ने गरेको समेत प्रष्ट पारे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सहनलाल प्रधान, उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष रमेश कुमार पियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बुधबार, असार २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.