• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

पहिरोले खोटाङमा ९ घर विस्थापित, २३ घर उच्च जोखिममा

खोटाङ : लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ, केपीलासगढी गाउँपालिकाका दुई र रावाबेँसी गाउँपालिकाका एक घर विस्थापित भएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका जीतबहादुर राई, भीमबहादुर राई, कर्णबहादुर राई, रामीरा राई, शारदा राई र धनकुमार विश्वकर्माको परिवार विस्थापित भएका छन् । वर्षाका कारण जमिन फाटेर गाउँ नै चिरा-चिरा परेपछि ६ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

बस्ती भएको जमिन चिरा परेपछि स्थानीय साउधन राई, पुरीमाया राई, पर्शुराम राई, बलराम राई र युवराज श्रेष्ठको घर उच्च जोखिममा परेको जनाइएको छ । जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सर्न तथा उच्च सतर्कता अपनाउन आग्रह गरिएको वडाध्यक्ष दानबहादुर राईले बताए ।

घर भएको जमिन फाटेर पहिरोले बगाउने खतरा भएपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउको खेतमा प्लास्टिकको टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष राईले बताए । ‘विस्थापितमध्ये जीतबहादुर, भीमबादुर, कर्णबहादुर र रामीरा राईको घर अन्तै सार्नुपर्ने अवस्था देखिएको छ’, उनले भने, ‘यसप्रति सम्बन्धित निकायले चासो दिन जरुरी छ ।’

वडा कार्यालय र टोल विकास संस्था साबालुङको पहलमा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जनाइएको छ । पहिरोबाट विस्थापितमध्ये एकल महिला रामीरा र अभिभावकविहीन शारदाको अवस्था नाजुक छ ।

घटनाका विषयमा जानकारी आउनासाथ स्थानीय प्रहरीलाई घटनास्थलमा पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए । ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ’, उनले भने, ‘विस्थापित परिवारको उद्धार तथा राहत वितरणका लागि पहल भइरहेको छ ।’

उता, रावाबेँसी गाउँपालिका-६ हौँचुरका भैरवबहादुर राईको परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई स्थानीय वर्णबहादुर राईको घरमा सारिएको वडाध्यक्ष चिरञ्जिवी कार्कीले जानकारी दिए ।

पहिरोका कारण स्थानीय हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राई उच्च जोखिममा परेका छन् । चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट सुरु भएको पहिरोले लाखौँको अन्नबाली क्षति गरेको जनाइएको छ ।

यस्तै, पहिरोका कारण केपिलासगढी गाउँपालिका–१ फेदीमा दुई घर विस्थापित भएका छन् भने आठ घर जोखिममा परेका छन् । पहिरोका कारण स्थानीय नवीन राई र बडमणि राईको परिवार विस्थापित भएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए ।

तपसी–दामलुङ ग्रामीण सडकको नयाँ ट्रयाकबाट पहिरो जाँदा दुई घर विस्थापित हुनुका साथै आठ घर उच्च जोखिममा परेको जनाइएको छ । पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, लाखमणि राई, रत्नमणि राई, मतिराज राई, इन्द्रमणि राई, धनकुमार राईको परिवारलाई तपसीडाँडामा सार्ने तयारी गरिएको छ ।

फेदीमा गएको पहिरोले तीन गोठ बगाउँदा समाक्षमा राईको एउटा दुहुनो भैँसी मारिएको छ भने, एउटा थोरे भैँसीको खुट्टा भाँचिएको छ । एउटा पाडो र गाईलाई पहिरोबाट सकुशल उद्धार गरेर निकालिएको प्रहरीले जनाएको छ ।

जिल्लामा लगातार वर्षा भइरहेकाले बाढी र पहिरोको क्षतिबारे यकिन तथ्याङ्क आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय खोटाङका सूचना अधिकारी पवित्रप्रकाश साहले जानकारी दिनुभयो । बाढी र पहिरोको क्षतिको विवरण सङ्कलन गर्न प्रशासनमा हटलाइन सेवासमेत सञ्चालनमा ल्याइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जिल्लामा मनसुन सुरु भएसँगै विपद्पूर्व तथा प्रतिकार्य योजना बनाएको छ । सनसुनको समयमा जिल्लामा पर्नसक्ने विपद् प्रभावितको खोज, उद्धार तथा राहत वितरणलाई तत्काल सहजीकरण गर्नका लागि विपद्पूर्व तथा प्रतिकार्य योजना बनाइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।

  • २३ घर उच्च जोखिममा
  • ९ घर विस्थापित
  • खोटाङ
  • पहिरो
सोमबार, असार २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.