नवलपुर । गाई पुर्याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन् । नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) स्थित देवचुली नगरपालिका १७ का एक पुरुष २० दिनदेखि वेपत्ता भएका छन् ।
देवचुली १७ गौरिपुरमा बसोबास गर्दै आएका ३७ वर्षका कृष्ण चालिसे बेपत्ता भएका हुन् । ४ वर्षअघि देखि गाई पालन गर्दै आएका चालिसे जेठ २३ गतेदेखि परिवारकाे सम्पर्कमा आएका छैनन् । उनी जेठ २३ गते नै पोखरा गाई पुर्याउन घरबाट निस्किएको परिवारले जनाएका छन् । पोखराबाट फर्केपछि नारायणघाटमा रहेको कृषि बैंकबाट पैसा निकालेकाे बैंकको सिसि क्यामेरामा देखिन्छ ।
पुलिसको रिपोर्ट अनुसार, मोबाइलको अन्तिम लोकेशन भरतपुरकाे गोन्द्रयाङ रहेको छ । अहिले उनको फोन बन्द छ । गहुँगोरो वर्णका चालिसेले चस्मा लगाएका छन् । उनलाई कतै कसैले भेटेको अवस्थामा नजिकैको प्रहरी कार्यालयमा अथवा ९८०४४९६०९३ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेका छन् ।