• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

प्रशासनिक भवन बनाउन भरतपुर महानगरले पायो जग्गा

चितवन : चितवनको भरतपुर महानगरपालिकालाई प्रशासनिक भवन बनाउन नेपाल नेत्रज्योति संघ, चिवतनले एक विघा १५ धुर जग्गा दिएको छ ।

महागनरपालिकासँगै रहेको संघको जग्गा महानगरको नाममा लैजाने गरी बिहीबार मेयर रेनु दाहाल र नेपाल नेत्रज्योति संघ चितवनका अध्यक्ष कृष्णराज धरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

भरतपुर महानगरपालिका–१० स्थित भरतपुर हाइटमा नेपाल नेत्रज्योति संघ, चितवनले भोगचलन गर्दै आइरहेको एक बिघा ७ कठ्ठा १५ धुरमध्ये भरतपुर महानगरपालिकालाई एक बिघा १५ धुर जग्गा दिने सम्झौता पत्रमा उल्लेख छ ।

सोही ठाउँमा सञ्चालित भरतपुर आँखा अस्पतालको बहिरंग सेवा विभागको भवन भने यथावत रहनेछ । त्यसका लागि ७ कठ्ठा जमिन संघले आफैसँग राखेको हो ।

सम्झौता पत्रमा भरतपुर आँखा अस्पतालको सेवा सञ्चालन गर्न आवश्यक पर्ने अस्पताल भवन निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक स्रोत व्यवस्थापन गरिदिने उल्लेख छ । साथै महानगरपालिकाले उक्त भवनको नक्सा पास गर्दा लाग्ने दस्तुर मिनाहा गर्ने पनि सहमति भएको छ ।

सम्झौतापछि सो जग्गा भरतपुर महानगरपालिकाको नाममा लालपूर्जा बनाउने प्रक्रिया अघि बढ्ने महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।
महानगरपालिकाले प्राप्त गरेको जग्गामा आइसल्याण्ड जंगल रिसोर्ट सञ्चालनमा रहेको थियो । सो रिसोर्टको सम्झौता सकिएपछि अहिले खाली अवस्थामा रहेको छ ।

सो जग्गा भौतिक संरचनासहित युएसएडले २०४६ पुस २६ गते नेपाल नेत्रज्योति संघलाई हस्तान्तरण गरेको थियो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरपालिकाले बजारको मुटुमा १ विघा १५ धुर जग्गा पाउनु अहिलेसम्मकै ठूलो सफलता भएको बताइन् । ‘मुख्य राजमार्गमै एक विघाभन्दा बढी जग्गा प्राप्त गर्नु ठूलो सफलता हो, यसले महानगरको प्रशासनिक क्षेत्र फराकिलो र आकर्षक हुने भयो’, मेयर दाहालले भनिन् ।

यस्तो बन्ने छ भरतपुरको प्रशासनिक भवन

महानगरपालिकाको अहिले रहेको भवनको पूर्वतर्फ नयाँ प्रशासनिक भवन बन्नेछ । हाल महानगरपालिका मातहतमा रहेको जग्गामात्र प्रशासनिक भवनका लागि साँघुरो हुने भएपछि नेपाल नेत्रज्योति संघले भोग चलन गर्दै आएको जग्गा लिन महानगरपालिकाले जोड गर्दै आएको थियो ।

सात कठ्ठामा निर्माण हुने ६ तले नयाँ प्रशासनिक भवनको कुल लागत ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ रहेको छ । आगामी साढे दुई वर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भवनका लागि अर्थ मन्त्रालयबाट पनि ३५ करोड रुपैयाँको स्रोत सुनिश्चित भइसकेको छ । अपुग रकम महानगरले व्यहोर्ने छ ।

महानगरले प्रशासनिक भवन बनाउन बोलपत्र आह्वान गरिसकेको छ । ठेकेदारसँग सम्झौता भएको मितिले ३० महिनाभित्र बनाइसक्ने भवन ६ तले हुनेछ । जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर बन्ने भवनमा ५० गाडी र २५० वटा मोटरसाइकल अट्न सक्ने अन्डर ग्राउण्ड पाकिङ हुनेछ ।

भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय रहनेछ । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक विश्राम कक्ष रहनेछ ।

भवनमा १५८ वटा साना ठूला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् । भवन शिलान्यास गत चैत ११ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

  • जग्गा
  • प्रशासनिक भवन
  • भरतपुर महानगर
बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.