• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, जेठ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • १०. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

उजुरी नलिए आत्महत्या गर्छु भन्ने पीडितले उजुरीको अर्को दिनमा नै फिर्ता गर्छौँ भनेपछि


चितवन : चितवनको ‘एक हाइप्रोफाइल’ ले बलात्कार गरेको मुद्दामा प्रहरीलाई नै जानकारी नदिई जिल्ला सरकारी वकिलको कार्यालयले पीडितको बकपत्र गराए पछि यहाँ ठूलै विवाद भएको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरीमा उजुरी दिएको थाहा पाउने बित्तिकै आरोपी पक्षबाट पीडितलाई प्रभावमा पार्न निकै कोसिस भएको सार्वजनिक रूपमै प्रहरीले भनिरहेको उक्त घटनामा सरकारी वकिलको कार्यालयले तोकिएको मिति अगाडि नै बकपत्र गराएको हो।

 

नवलपुरको गैँडाकोटमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले आफ्नै कलेजमा पढिरहेकी १८ वर्ष मूनिकी एक विद्यार्थीलाई प्रयोगात्मक नम्बर थपिदिने प्रलोभन देखाएर पटक पटक बलात्कार गरेका उजुरीमा भनिएको छ। पीडित बालिका कलेजले नै सञ्चालन गरेको होस्टलमा बसेर अध्ययन गर्दै थिइन्। तर, आरोपी काफ्लेले ब्ल्याकमेल गरि पटक पटक शारीरिक सम्बन्धको लागि चितवनका विभिन्न होटलमा जान दबाब दिन थालेपछि आफूमाथि अन्याय भएको भन्दै पीडित र उनकी आमाले बैशाख १९ गते प्रहरीमा जाहेरी दिएका थिए।

कलेजमा काफ्लेले अन्य विद्यार्थीमाथि पनि दुर्व्यवहार गरेका प्रहरीमा मौखिक जानकारी आएको थियो। मौखिक जानकारी आएपछि प्रहरी संयुक्त रुपमा ल्याउन पीडितहरूलाई अनुरोध पनि गरेको थियो। सोही अनुसार पीडित छात्राहरूको संयुक्त जाहेरी कुरिरहेको प्रहरी अघिल्लो दिन जाहेरी दिएकी छात्राले भोलिपल्टैदेखि नै हाम्रो उजुरी फिर्ता गर्छौँ भनेपछि प्रहरीले उनीहरूमाथि अनावश्यक दबाब भएको अनुमान लगाएको थियो।

जिल्लामा आयोजित अधिकारकर्मीसहितको एक बैठकमा चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले भन्नुभएको थियो, ‘बलात्कारको मुद्दामा उजुरी लगत्तै पीडितलाई बयान फेर्न दबाब दिने गर्नाले हामीलाई अप्ठ्यारो हुन थालेको छ। तपाईँहरूले यस्ता घटनामा सहयोग गर्नुपर्छ।’ अघिल्लो दिन हाम्रो उजुरी नलिए आत्महत्या गर्छु भन्दै आएका पीडित उजुरीको अर्को दिनमा नै फिर्ता गर्छौँ भनेर आउँदा आफूहरूलाई थप शंका लागेको एसपी नवराज अधिकारीले बताउनुभएको थियो। अघिल्लो दिन छोरीमाथि भएको बलात्कारको उजुरीमा आएकी आमा संरक्षकको तर्फबाट कागज गर्न प्रहरी कार्यालय आइनन्।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदनसहित बुझाएपछि जिल्ला न्यायधिवक्ताले संरक्षकको कागज माग गरेर मिसिल फिर्ता पठाएको थियो। तर, पीडितको आमा संरक्षकको कागज गर्न प्रहरी नआएकोले प्रहरीले सोही बेहोराको पत्र सहित कागज जिल्ला सरकारी वकिलकोमा पठाइदियो।

सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा पेश गरेपछि २५ गते पीडितको बकपत्रको लागि बोलाउन आदेश गरिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले जेठ २३ गते नै पीडितको बकपत्र गराउने व्यवस्था मिलाइदियो। यसअघि सबै मुद्दामा पीडितलाई बकपत्रको लागि प्रहरी मार्फत नै लैजाने अदालती प्रकृयाको अभ्यास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताउनुभएको थियो।

‘यस मुद्दामा हामीलाई बकपत्रको पत्र नै आइपुगेन, प्रवक्ता अधिकारीले भन्नुभयो, ‘बकपत्र भइसकेपछि मात्रै हामीले जानकारी पायौँ। जाहेरीदेखि सबै मुद्दामा पीडित र पीडक दुबै उपस्थित गराउने जिम्मेवारी हाम्रो हुन्थ्यो यो मुद्दामा किन हामीकहाँ आइपुगेन हामीलाई नै थाहा भएन।’

जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री भने पीडितले सरकारी वकिल कार्यालयमा निवेदन दिएर तोकिएको मिति अघि नै बकपत्र गराइदिन भनेकोले सोही अनुसार अघि नै गरिएको बताउनुहुन्छ। उहाँले बकपत्रको बेहोरा प्रहरीको जाहेरीमा गरिएको अनुसार भए नभएको बारे चाहिँ आफूले पूरा बकपत्र नहेरेकाले थाहा नभएको बताउनुभयो। तर, संरक्षकको कागज नै नभएकोले यो कमजोर मुद्दा रहेको न्यायाधिवक्ता खत्रीले जानकारी दिनुभयो।

बलात्कार आरोपी २९ वर्षका काफ्लेलाई प्रहरीले जाहेरी परेकै अर्थात् बैशाख १९ गते पक्राउ गरेको थियो। काफ्लेलाई जिल्ला अदालतले जेठ १६ गते पुर्पक्षका लागि थुनामा पठाएको छ। प्रतिमा सिलवाल/आइएनएसबाट साभार

  • हाइप्रोफाइलद्धारा बलात्कार
सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

भर्खरै

  • १.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • २.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ३.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ४.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • ८.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.